भ्रमपुर्ण सुचना सम्प्रेषण नगर्न विप्लवका सचिवको चेतावनी

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको बारेमा भ्रमपूर्ण समाचार प्रसारण गरेको प्रति उक्त पार्टीका कार्यालय सचिव ध्रुवले खण्डन गरेका छन् । पौष ३० गते  एक अनलाइनले भ्रमपुर्ण समाचार प्रकाशीत गरेको प्रर्ती नेकपाले बिरोध जनाएको छ ।
रातो पाटी अनलाइनले ‘प्रकाण्डलाई विप्लवको प्रश्न— बाबुराम भट्टराईको सहयोग किन लिएको ?’ भन्ने शीर्षकमा छापिएको समाचारको खण्डन गर्दै उनले भनेका छन्, ‘यी सबै समाचारहरू गलत हुन् । यसबारेमा कुनै सन्दर्भ नै उठेको छैन । मुख्य बनाएर छापिएको उक्त समाचारमा तीनजना केन्द्रीय सदस्यलाई निष्कासन गरिएको झूटो समाचार पनि दिइएको छ ।’
ध्रुवले तीनजना …