logo मंगलबार, चैत्र ६ २०८० | Tuesday 19th March 2024

लमजुङकी मिर्गौला पीडित गुरुङलाई ९ लाख सहयोग


  • रासस
  • बुधबार, असोज १५ २०७६

पोखरा – लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ दिङदिङका ३६ वर्षीया मिर्गौला पीडित मीनमाया गुरुङको उपचारका लागि रु नौ लाख तीन हजार सहयोग सङ्कलन गरिएको छ ।

गाउँपालिकास्थित युनाइटेड बाघेता र योङ स्टार युवा क्बलको अगुवाइमा स्थानीय र विदेशमा रहेका नेपालीबाट सो रकम सङ्कलन गरिएको हो । बेँसीशहरमा आयोजित कार्यक्रममा मिर्गौला पीडितका श्रीमान् कामसार्की गुरुङलाई सो रकम हस्तान्तरण गरिएको हो ।

अमेरिकाबाट रु एक लाख ३० हजार, लमजुङ उत्तरी भेग तमु समाज काठमाडौँले रु एक लाख ८० हजार र लमजुङ आमा समूहले रु तीन लाख २४ हजार सहयोग गरेको बाघेता युवा क्लबका अध्यक्ष विष्णु गुरुङले जानकारी दिए ।

हालसम्म रु पाँच लाखभन्दा बढी खर्च भएको पीडितका श्रीमान् कामसाकीले बताए । गुरुङ सात महीनाअघि बिरामी भएकी थिइन्। उनले गण्डकी अस्पतालमा डायलासिस गराउँदै आएकी छन । मिर्गौला प्रत्यारोपणका लागि रु ८० लाखभन्दा बढी खर्च लाग्ने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार