logo शनिबार, साउन १६ २०८३ | Saturday 1st August 2026

गुण्डा नाइके चक्रे मिलन सहित १९ जना विरुद्ध मुद्दा दायर


  • राजनीति
  • शुक्रबार, साउन १७ २०८२

काठमाडौं । बुधबार मध्यराति महाराजगंजस्थित होटल साम्बालाबाट नियन्त्रणमा लिएका गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङसहित १९ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गए चक्रे मिलनको बर्थ डे पार्टीबाट ४७ जनालाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएकामध्ये १९ जना विरुद्ध प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाएको छ भने बाँकी २८ जना अपराधमा संलग्न नदेखिएकाले उनीहरुलाई रिहा गरिएको छ ।

प्रहरीका अनुसार मुद्दा चलाइएका चक्रे मिलनसहित १९ जना विरुद्ध ७ दिनको म्याद थप भएको छ । म्याद थप हुनेहरुमा चक्रे मिलन भन्ने मिलन गुरुङ, गणेशबहादुर बोगटीनिराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतीक लामा, चन्द्रदेव कार्की
जितबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार, सफल शाही रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार