logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

फिलिपिन्समा हत्या, अमेरिकामा पक्राउ, चीनमा कारबाही


  • राजनीति
  • मंगलबार, साउन ५ २०८३

फिलिपिन्समा एक चिनियाँ नागरिकको अपहरणपछि हत्या गरेर अमेरिका भागेका मुख्य अभियुक्त अन्ततः चीनको फन्दामा परेका छन्। ‘लिउ’ भनिएका ती अभियुक्त घटनापछि एकाएक अमेरिका पुगेका थिए।

उनको खोजीका लागि चीनले इन्टरपोलमार्फत् ‘रेड नोटिस’ जारी गर्नुका साथै अमेरिकी, फिलिपिन्स र दक्षिण कोरियाली सुरक्षा निकायसँग समन्वय गरेको थियो। चीनले उपलब्ध गराएको प्रमाणका आधारमा अमेरिकी सुरक्षा निकायले लिउलाई सन् २०२४ को अक्टोबरमा पक्रेको बताइन्छ ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई अमेरिकाबाट चीन फर्काइयो । चीनलाई जिम्मा लगाइएका ती फरार अभियुक्त पक्रेर ल्याएका चिनियाँ सुरक्षाकर्मीहरुसँगै हिजो विमानस्थलमा विमानको ढोकामा देखिएका थिए ।

यसबीच चिनियाँ प्रहरीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सुरक्षा सहकार्यलाई अझ सुदृढ बनाउने र फरार अपराधीलाई जहाँसुकैबाट पनि कानुनको दायरामा ल्याउने अभियान जारी रहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार