logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

ओली हटाउने कि राख्ने ? दुबै रिपोर्ट आज पेश


  • राजनीति
  • शुक्रबार, भाद्र २६ २०८३

नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले तयार पारेको छुट्टा छुट्टै प्रतिवेदनलाई यौटै बनाउने भएको छ ।

आज पार्टी मुख्यालय च्यासलमा बसेको कार्यदल बैठकले प्रतिवेदन मर्ज गर्ने निर्णय गरेको हो । त्यसअघि दुवै प्रतिवेदन अध्ययन गर्ने र भोलिदेखि आवासीय रूपमा बैठक बसेर थप छलफलपछि निश्कर्षमा पुग्ने बैठकको निर्णय छ ।

आज कार्यदल संयोजकसमेत रहेका उपाध्यक्ष थापाले दुईवटै प्रतिवेदन प्रस्तुत गरेका थिए । छलफलका क्रममा पुनर्गठन पक्षधर र नेतृत्वमा अध्यक्ष ओलीको निरन्तरता चाहने दुवैतर्फका नेताहरूले आ-आफ्ना धारणा राखेका थिए ।

त्यसपछि दुवैतिरका कुरा समेटेर साझा प्रतिवेदन तयार गरी सचिवालयमा पेश गर्ने निर्णयमा उनीहरु पुगेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार