logo शुक्रबार, साउन १५ २०८३ | Friday 31st July 2026

सर्वोच्च जल्दा खुसी भएका अधिवक्ता खरेल न्यायाधीशको प्रश्नपछि इजालसमै ढले


  • राजनीति
  • बुधबार, मंसिर १८ २०८२

काठमाडौं । सर्वोच्च अदालतमा बहसका लागि उपस्थित भएका युवा अधिवक्ता सुलभ खरेल इजलासमै ढलेका छन्।

नेकपा एमालेले संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट माथि बुधबार बहस हुनुभन्दा अगाडि यो संवैधानिक इजलासमा यस्तो घटना घटेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट मानिने युवा अधिवक्ता खरेल भ्रष्टाचार सम्बन्धी एउटा व्यक्ति केन्द्रित मुद्दामा बहस गर्न अदालतमा पुगेका थिए । अधिवक्ता खरेलले बहसको सुरुमै आफ्नो परिचय त्यसपछि उनलाई रोक्दै प्रधान न्यायाधीश प्रकाशमान सिंहले सामाजिक सञ्जाल फेसबुकमा लेखेको विषयबारे उनीसँग प्रष्टीकरणमा आएका थिए।

प्रधानान्यायाधीश राउनले भने, “तपाईं इजलासमा बहस गर्न आउनभयो। तर तपाईंलाई याद छ कि छैन, भदौ २४ गते सर्वोच्च अदालतमा आगलागीपछि तपाईंले सामाजिक सञ्जालमा के लेख्नु भएको थियो ?”

खरेलको उपस्थितिले आक्रोशित भएका प्रधानन्यायाधीश राउत त्यतिमा मात्रै रोकिएनन्। उनले अगाडि भने, “एउटा कानुन व्यवसायीले मर्यादा राख्नुपर्छ कि पर्दैनरु तपाईं सर्वोच्च अदालत र बारमा आगजनी हुँदा खुसी हुनुपर्ने कारण के हो ?”

प्रधानन्यायाधीशकै प्रश्नले रातोपिरो भएर थरथर कापीसकेका खरेलमाथि इजलासमा रहेकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले पनि थप प्रश्न गरेको प्रत्यक्षदर्शीहरुले बताए ।

त्यसपछि अधिवक्ता खरेल बोल्न सकेनन् । एकपछि अर्को प्रश्न इजलासबाट दोहोरिन थाल्यो । बिचमा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सामान्यीकरण गर्न खोजे । निरन्तर न्यायाधीशबाट प्रश्न आएपछि अधिवक्ता खरेल उभिएको ठाउँमै ढले । खरेल ढलेपछि कानुन व्यवसायीहरुले उठाए र केही शान्त पार्ने कोसिस गरे । उनलाई पानी खुवाएपछि सामान्य भई कुर्सीमा बसे ।

जेनजी आन्दोलनमा सर्वोच्च अदालतसहित सरकारी कार्यालयमा आगजनी भएपछि अधिवक्ता खरेलले खुसी हुँदै लेखेको स्टाटस यस्तो थियो:

सर्वोच्च अदालत जल्दै गर्दा तपाईँको मन रोएको होला, तर मेरो मन एक रत्ती पनि रोएको छैन । नेपाल बार भवन जल्दै गर्दा पनि तपाईँको आँखा रसाएको होला, तर मेरो आँखा एक रत्ती रसाएको छैन । किनकि, त्यही अदालत र त्यही बारमा म शेरबहादुर र केपी ओलीका अनुहारहरू पटक–पटक देख्ने गर्छु । यिनीहरू मेरो आँखामा संवैधानिक चोरहरू हुन् । साँच्चिकै संवैधानिक फटाहाहरू हुन् ।

अदालतलाई कब्जा गर्ने, बारलाई विकृत गर्ने, अनि जनताको अधिकार चुरोटजस्तै चुस्ने, राजनीतिक स्वार्थमा फैसला भनेर आफ्ना देउताको स्वार्थ अनुकूल निबन्ध लेख्ने यी नेतृत्वहरू नै आजको संकटका मुख्य जिम्मेवार हुन् । अब सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीशहरूको तथा नेपाल बार र मातहत बारहरूको सामूहिक राजीनामा माग्दछ र परीक्षाबाट मात्रै न्यायाधीश नियुक्तिको जोडदार माग राख्दछ । अब न्यायालयको भविष्य अवश्य सुलभ खरेलले लेख्नेछ । नेपालको न्यायालयको जय होस् । विकृत न्यायालय एक रत्ती चाहिँदैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार