राजनीति
नाइजेरियाको लागोस विमानस्थलबाट एडो राज्यका लागि उडेको इनुगु एयरको विमान दुर्घटनामा परेको छ ।
उडान नम्बर ४२६४ को उक्त विमान अवतरणका क्रममा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो । स्थानीय समयअनुसार करिब साँझ ३ बजेर १० मिनेटमा धावनमार्गमा पुगेको थियो । त्यसक्रममा अनियन्त्रित भई रन-वेबाट बाहिर करिब ३ सय ३० मिटर घाँसे मैदानमा पुगेको बताइएको छ ।
विमानमा ६३ यात्रु र ५ चालक दलका सदस्य रहेका थिए । अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले समाचारमा जनाएअनुसार दुर्घटनामा कुनै मानवीय क्षेति भएको छैन ।
ईम्ब्रारेर कम्पनीको ई २७० मोडलको विमान १७ वर्षअघि सन् २००९ मा ईजिप्ट एयर एक्सप्रेस नामक विमान सेवा कम्पनीले खरिद गरेको थियो । यो कम्पनी इजिप्ट सरकारको राष्ट्रिय ध्वजावाहक इजिप्ट एयरको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।