logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

प्रधानमन्त्री बालेन्द्रविरुद्ध कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ


  • राजनीति
  • आइतबार, चैत्र २९ २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को विरोध गरेर कन्टेन्ट बनाएको अराोपमा एक जना युट्युबर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथर घर भएका रोशन पोखरेल रहेको प्रहरीले जनाएको छ । उनलाई सीआईबीको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी टोलीले पक्राउ गरेको हो ।

युट्युबर पोखरेलले (Heades) नामक युट्युब च्यालन मार्फत् प्रधानमन्त्री बालेन्द्रसहितका नेताहरुविरुद्ध अपमानजक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको प्रहरीको दाबी छ ।

उनलाई जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी साइबार अपराध सम्बन्धी मुद्धामा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार