logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

‘खुइली’ले श्याम तामाङविरुद्ध हालिन् साइबर ब्युरोमा उजुरी


  • राजनीति
  • बिहिबार, भाद्र २५ २०८३

हाँस्य कलाकार नविना सिलवाल ‘खुइली’रास्वपा कार्यकर्ता श्याम तामाङविरुद्ध साइबर ब्युरो पुगेकी छन्।

सामाजिक सञ्जालमा सहनै नसक्ने किसिमका गालीगलौजपूर्ण अभिव्यक्ति दिएको भन्दै उनले उजुरी दिएकी हुन् । ‘त्यहाँबाट न्याय पाउँछु भन्ने अपेक्षा राखेकी छु,’उनले भनिन्।

खुइलीले तामाङले रास्वपाका विषयमा कसैले थोरै मात्र फरक धारणा राख्दा पनि गालीगलौजमा उत्रिने गरेको आरोप लगाएकी छन् । उनका अनुसार राजनीतिक विषयमा फरक मत राख्नु सामान्य लोकतान्त्रिक अभ्यास भए पनि फरक विचार राख्ने व्यक्तिलाई सामाजिक सञ्जालमै अपमानित गर्ने र गालीगलौज गर्ने प्रवृत्ति स्वीकार्य हुन सक्दैन ।

धनकुटा घर भएका तामाङ रोजगारीका लागि मलेसियामा रहँदै आएको र हाल नेपाल आएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार