राजनीति
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘सुरक्षित ठाउँ’मा पठाएको प्रहरीले जनाएको छ । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले सुरक्षित ठाउँमा पठाएको बताएका हुन् ।
‘सुरक्षित ठाउँ’ भनेको कहाँ हो भन्नेबारे भने उनले खुलाएनन् । सुरक्षाको कारण ठाउँ खुलाउन नमिल्ने एसएसपी खड्काको भनाइ छ ।
गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट उनलाई पक्राउ गरेको थियो । उनलाई भेट्न भनेर कार्यालय पुगेको मानव अधिकार आयोगको टोलीलाई पनि प्रहरीले भेट्न दिएन ।
गेटमा करिब ४५ मिनेट कुर्दा पनि भेट्न नदिइएपछि आयोगको टोली फर्किएको थियो ।
प्रहरीले ‘सुरक्षा थ्रेट’ भएकाले जबरालाई रातारात कार्यालयमा ल्याएर राख्नुपरेको जिकिर गरेको छ । तर कानुनका जानकारहरुले प्रहरीको शैलीमाथि प्रश्न उठाएका छन् ।