logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

लोक सेवा पदपूर्तिको वार्षिक कार्यतालिका सार्वजनिक


  • राजनीति
  • बुधबार, साउन ८ २०८२

काठमाडौं । लोक सेवा आयोगले पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले बुधबार आर्थिक वर्ष २०८२/८३ को पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगका सूचना अधिकारी एकनारायण शर्माले सङ्घीय निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, सङ्घीय संसद सेवा तथा राष्ट्रिय मानव अधिकार सेवा, सुरक्षा निकाय, अन्य सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाका पदका लागि लक्षित गर्दै वार्षिक कार्यतालिका सार्वजनिक गरेको जानकारी दिए ।

आयोगका अनुसार कार्यतालिका २०८२ साउन १ गतेबाट लागु हुने छ । अदालतमा मुद्दा विचाराधीन रही रोकिएका निकायको हकमा आदेश प्राप्त भएमा प्राथमिकता दिई सञ्चालन गरिने छ ।

अदालतको आदेशरफैसला कार्यान्वयनको क्रममा उल्लिखित कार्यतालिका फेरबदल हुन सक्ने आयोगले जनाएको छ । शर्माका अनुसार पदपूर्ति सम्बन्धी विज्ञापन सम्बन्धित संस्थाबाट हुने छ ।

लोक सेवा अयोग नियमावली, २०७९ (संशोधन सहित) नियम २३ क को उपनियम (१) मा भएको व्यवस्था बमोजिम आयोगबाट पदपूर्तिका लागि सहमति प्राप्त गरी विज्ञापन प्रकाशन गर्ने सङ्गठित संस्थाका लागि अप्राविधिकतर्फका सहायकस्तर द्वितीय, खरिदार वा सो सरहको पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले दरखास्त आह्वान गरिएको हो ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारले आयोगको अनलाइन मार्फत आवेदन दिनुपर्ने छ । असोजको अन्तिम बुधबार पहिलो पटक अप्राविधिकतर्फ सहसचिव र उपसचिवको विज्ञापन सार्वजनिक गरिने तालिका रहेको उनले बताए ।

सङ्गठित पदका लागि सूचना प्रकाशन साउन देखि सूरु हुन छ । यसैगरी, लिखित परीक्षा असोज कातिकमा हुने छ भने मङ्सिर पुसमा नतिजा प्रकाशन हुने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार