logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

क्रान्तिका लागि आमा फुलमती


  • सुजन बिश्वकर्मा आयाम
  • मंगलबार, कार्तिक ८ २०७९

क्रान्तिका लागि धेरै आमाहरुले महत्त्वपूर्ण भुमिका खेल्दै आयका छन यस्तै फुलमति आमाले पनि समाज परिवर्तनका लागि आफ्नो जीवनभर समाज सेवामा समर्पित गर्नु भएको थियो र समाजबादी ब्यस्था ल्याउनका निम्ति आफ्नो मुटुको टुक्रा लोकेश लाई कम्युनिस्ट क्रान्तिकारी आन्दोलनमा लाग्न प्रेरित गर्नुभयो । कमरेड लोकश समाजबादी आन्दोलनको एक योद्धाको रुपमा कार्यरत हुनुहुन्छ ।
सायद बर्गिय मुक्तिका लागि बर्गिय आन्दोलनका क्रममा भेट भएको दुई दशक जति भयो । हाम्रो चाहाना भनेको नेपालका उत्पिडित जनताको लागि संघर्षपुर्ण जिवनको खोजि गर्दै कम्युनिस्ट चेतना कम्युनिस्ट ब्यवस्था कम्युनिस्ट समाज स्थापना गर्नु पर्छ भन्दै शाहसिक यात्रा गर्ने अठोट गरेका थियो । नेपाली जनताले आजका दिनसम्मपनि जातीय ,लैङ्गिक , बर्गिय, क्षेत्रीय उत्पिडन बाट मुक्ति पाएका छैनन। यी सपनाहरु लाई पूरा गर्नकोलागी घरपरिवार छ‍ोडि क्रान्तिकारी यात्रामा लामबद्ध छौ । त्यसैले होला घरको भन्दा क्रान्ति माया र चिन्ता लाग्छ ।
सायद मेरो लागि अकल्पनीय तितो दिन थियो क. लोकेशले मलाई एकाबिहान नै फोन गर्नु भयो सुजन आमा गाउँ गएको बेला हृदघात भयो आमा गाउँमा हुनुहुन्छ हेलिकप्टर खोज्नु पर्यो, आमा लाई काठमाडौ ल्याउन पर्यो भन्नुभएको । मैले लामो कुरा नगरी हुन्छ म बुझ्छु खोज्छु भनेर फोन राखे । क.लोकेशका आवाजमा बेग्लैपन थियो शब्दहरु आधा उच्चारण भए जस्ता सुनिन्थ्यो । म तुरुन्तै सम्बन्धित ठाउहरुमा बुझ्न लागे । केही समयको अन्तरालमा क.लोकेशको फोन आयो तपाईले बोल्न नपाउदै लल लोकेश हेलिकप्टर खोज्ने प्रयास गरिराखेको छु भन्दै थिय , एक्कासी भन्नू अब भयो सुजन आमा त रहनु भयन… । अनि म निशब्द भए के भन्ने के नभने मन आतियो मन छिया छिया भयो अनेक थरिको मनमा भुईचालो गए जस्तै भयो । अनि मेरी आमाको निधन लाई सम्झे सायद मेरी आमाको निधन हुने बेलामा सानो थिए । युद्व मैदानमा मुक्तिको सपना बुनी राखेको थिए अनि आफैलाई प्रश्न गर्न थालेको आमाहरुको काम जन्माउने हुकाउने पढाउने मात्रै हो कि भने अनभुति भयो । हामीले आमा प्रतिको जिम्मेवारी र दायित्व पूरा गर्न नसक्ने रहेछौ भनी ग्लानी जस्तो भयो ।
अनि फेरि लोकेशले फोन गर्नु सुजन म आउदै छु मलाई रिसिभ गर्नु ल भन्दै मलिन स्वरले भनु भयो मैले हुन्छ भन्दै एर्पोटको गेटमा पुगे । चिलगाडी आयो सधै चिलगाडी आउदा खुसि हुने मेरो मन त्यो दिन निकै भावुक र अत्यासलाग्दो भएको थियो । लोकेश आएको चिलगाडी बस्ताखेरी नै मन भित्र आधी मडारिरहेको थियो ।केही समय पछि बिक्षिप्त अनुहार सहित प्रिय कमरेड लोकेश आउनु भयो । मलाई आफ्नै साथीको मुख हेर्न सम्म निकै कठिन भयो । म सग सम्झाउन र बोल्न शब्द थिएन । क. लोकेशलाई देखेपछि बल्ल बुझे आमाको बिछोडमा कति उजाड र भावविह्वल हुनेरैछ सन्तानको जीवन ।
एक वाक्य पनि पूरा नबोली हाम्रो पिडादायी यात्रा सुुरु भयो लोकेशले लुकाउन खोज्दा खोज्दै झरेका आँसु म लुकिङ्ग ग्लासबाट देखिरहन्थे । मेरा साधान चलाउने हातहरु फथाकफुतुक गलिराखेका थियो । मलाई ड्राइभ गर्न निकै कठिन भैरहेको थियो ।
हामी दुई घन्टाको बाटोमा साय्द चार घन्टा जति लाग्यो । ठाउँ ठाउँमा विसाउन पर्ने बाध्यता बन्यो । कमरेड लोकेशले पटक पटक पानीले टाउको भिजाई राख्नु भएको थियोे । त्यो ब्यस्त सडकको किनारा तिर आधा दर्जनभन्दा बढी ठाउमा घोप्टो परेर पल्टिराख्नु भयो ।
म संग उहाँलाई सम्झउने कुनै शब्दनै थिएन । मेरो पनि मन समाल्नै नसक्ने अबस्थामा थिए । तर साधन चलाउदै आमाको मृतक शरीर भेट्न जानुपर्ने कष्टकर बाध्यता नै थियो । केही समय पछि आमाको मृत शरीर भएको ठाउँमा पुग्यौं । त्यहा दुइबटा गाडी स्ट्याण्डबाइ थिए । लोकेश ओर्लिने बितिकै एक जनाले अंगालो हालेर भक्कानिनुभयो । म सहन नसकेर अलिक घोप्टिए । भोलिपल्ट दाहासस्कार गर्ने भनी आमाको शरीर नदेखाइ लोकेशलाई अर्को गाडीमा बसाइयो । गाडीहरू पर्वत तिर हुकिए म फाटेको मन लिएर फर्किए ।

कमरेड लोकेश लाई धेरै सामाजिक चुनौतिहरु थिए । दाजुभाइ सबै बिदेशमा आफू यहाँ एक्लै हुनुको पीडा जति थियो त्यो भन्दा बढी रुढीबादी मान्यताले चिथ्रोने खतरा नै थियो । तर कमरेड लोकेशले कुशलता र धेर्यतापुर्वक आफ्नो बिचार र सिद्धांतलाई ब्यवहारमा उतार्नु भयो । जुन एक असल र बास्तविक कम्युनिस्ट क्याडरको गर्नै पर्ने थियो र हुन्छ । उहाको यो सहि प्रयोग देखेर म हिजो र आजका कम्युनिस्ट स्कुलिङ्ग दिने र लिने अनि बरखी बार्ने र झापो हाल्ने नक्कली कम्युनिस्टलाई धिक्कार भन्न मन लाग्यो । घरमा सत्यनारायणको पुजा लगाएर हातमा डोरी बाध्ने र काधमा जनै भिरेर क्रान्तिका भाषण गर्ने कथित कम्युनिस्टका लागि कमरेड लोकेश एक झापड बन्नु भयो । माक्र्सवाद बोल्ने र आदर्शवाद लागू गर्ने नक्कलीहरुका लागि कमरेड लोकेशको निर्मम बिद्रोह थियो ।
यो आर्दशबादी चेतनाबाट लोकेशले बिद्रोह मात्र गर्नु भएन बरु नया र वास्तविक सस्कारको थालनी समेत गर्नु भयो । कमरेड लोकेशले भौतिकबादी चिन्तन लाई सपाट तरिकाले लागू गर्नु भयो । परम्परागत काजकिरिया कर्मलाइ खारेज गर्नु सफल हुनु भयो । कपाल काटनु भएन सेता लुगा लगाउनु भएन पुरानो चेतनासंग बिद्रोह गरि नयाँ सस्कारको बिजारोपण गर्नु भयो ।
२९ गते पार्टीका सचिवलय सदस्य क.पुर्ण सिंह कालिकोट ईन्चार्ज क.रण अखिल क्रान्तिकारीका गण्डक प्रदेश सयोजक क.हरि कास्की युबा संगठनका अध्यक्ष क.लोकेन्द्र युबा संगठनका कोषाध्यक्ष क. सुर्य र म आमा लाई श्रद्धाञ्जली अर्पणगर्न र परिवार सग समवेदना साट्न पोखराबाट यात्रा सुरु गर्यौ केही घन्टाको समयपछि दुग्लुङ गाउँमा पुगियो । पर्वत जिल्ला ईन्चाज क.अनन्त संग भेट भयो अनि पर्वत जिल्ला पार्टी dcm क.नवराजको घरमा पुगियो । कमरेडहरु भावुक हुनुहुन्थ्यो अनि हामी सबै कमरेडहरु एक छिन पछि कमरेड लोकेशको गाउको घरमा पुग्यौं त्यो घरमा परिवार छर छिमेकी र आफन्तहरुको अनुहार मलिन र स्तब्ध देखिथ्यो ।
केहीबेरमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पवर्त जिल्लाको अयोजनामा आमा फुलमतीको श्रद्धाञ्जली सभा प्रारम्भ भयो । उक्त सभामा शोकाकुल परिवारजन आफन्तहरु सहिद परिवार विभिन्न राजनीति दलक नेता , कार्यकर्ता स्थानीय जनता र हाम्रो जिल्ला स्थानीय पार्टीको सहभागीतामा कार्यक्रम सुरुभयो सबै राजनीति पार्टीका नेताहरुले आफ्नो मनतब्य मार्फत फुलमाया आमालाई श्रद्धाञ्जली अर्पण गर्दै पैयुखोले वामपन्थी आन्दोलनका एक अगुवा तथा समाजसेवी भएकोमा मुक्तकण्ठले प्रसम्सा गरे । कमरेड लोकेशका आमा फुलमाया बुवा लक्ष्मण बिश्वकर्मा योगदान बारे राजनिती दलका नेता कार्यकर्ताहरुले गहिरो सग चर्चा परिचर्चा गर्नु भयो ।
बत्ताहरुले कमरेड लोकेशको परिवारले वर्गिय, जातिय, लैङ्गिक र क्षेत्रीय संघर्षमा खेल्दै आएको भुमिका प्रती सबैले नमन गरेका थिए । आमा फुलमायाले बर्गिय मुक्तिका लागि निरन्तर संघर्ष आफ्नो बर्गलाई शिक्षादीक्षा र अधिकारको लागि संघर्ष गर्नुपर्छ भनी घरघरमा पुगेर सम्झाएको बिशेष स्मरण समेत गरेका थिए ।
आमा फुलमतिले देखाएको मार्गमा क. लोकेश निरन्तर लागि रहनु भएको छ । आमा बुबाको मृत्युको सन्दर्भमा पुरानो सस्कार स्कृति तथा कथित बैकुण्ठ एवंम स्वर्गबासको बिरुद्ध बिद्रोह गर्नु भयो । उहाले आमा बाबाको स्मरणमा फुल फाउन्डेसन मार्फत गरिव, दलित र जेहेन्दार बिद्यार्थीका लागी पाँच लाखको अक्षय कोष स्थापना गर्नु भयो । महान जनयुद्धले निमार्ण गरेको नयाँ मूल्य मान्यता र सस्कार सास्कृति थियो । यो सास्कृतिले अरु आमजनतालाई अघि बढ्न प्रेरित गरेको छ ।
हुनत झापा बिद्रोह र दसबर्से जनयुद्धबाट आयका कम्युनिस्ट नेताहरुले मुर्ती र भौसि पुजा गर्न थाले भने केहिले ग्रह शान्तिका लागी पंच धातुको औंठी लगाउन थालेकाछन । अझ माक्र्सवाद पुरानो भयो नयाँ सश्लेषण गर्नु पर्छ भन्दै घिनलाग्दो प्रबचन दिईराखेका छन । जसले जे जसरी जुन उद्देश्यले भनुन माक्र्सवादी हुनु भनेको ऎतिहासिक द्धन्दात्मक भौतिकवाद ग्रहण गर्ने र लागू गर्ने कुरा हो । त्यसमा कुनै बहाना या तर्क गरेर आदर्शवाद लागू गर्नु भनेको साधुको भेषमा चोर सिवाय केही होइन । त्यसैले कमरेड लोकेशले गरेको मालेमाको सहि कार्यान्वयनलाई सलाम गर्दै दिवंगत आमा प्रती हार्दिक श्रद्धाञ्जली ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार