मार्क्स र एङगेल्सले प्रतिपादन गरेको बिचारधारा वा चिन्तन प्रणालीलाई मार्क्सवादी दर्शन वा बैज्ञानिक समाजवाद प्राप्त गर्ने हतियारको रुपमा बुझिन्छ । मार्क्स र एङगेल्सले मूलतः कम्युनिस्ट घोषणापत्र र पुँजीका खण्डमा प्रस्तुत गरेको बिचारहरुले यो बैचारिक चिन्तनको प्रतिनिधित्व गर्दछन ।
मार्क्सवादी बिचार अगाडि आएपछि मजदुर आन्दोलनको प्रवाहले सामाजिक पद्धति बदल्नका निम्ति कार्ययोजना बनाउन थाल्यो । त्यो प्रवाहको महान आस्था बैज्ञानिक समाजबाद रहनगयो । बैज्ञानिक समाजबादी ब्यवस्थाको स्थापनाको उद्वेश्य प्राप्तिका लागि हजारौं मजदुरहरुले कुर्वानीपुर्ण सङघर्षमा सम्मिलित हुनथाल्यो । यो धारामा लेनिन स्टालीन प्लेखानोभ,ट्रटस्की समेत पर्दछन् भने बाकुनिन र क्रोपाट किनमा पनि मार्क्सवादको प्रभाव थियो । तिनिहरुमा रहेको अराजकताबादी चिन्ता प्रणालीका कारणले ती मार्क्सवादबाट टाढिदै गएका थिए । उन्निसौ शताब्दीको अन्त वा विशेष दोस्रो अन्तर्राष्ट्रिय परिघटनाको रुपमा संशोधनबादी बिचारको जन्म सन् १८९६-९८ तिर पुँजीवादले तिब्र बिकास गरिरहेको युरोप मुख्यत :जर्मनीबाट भएको हो । यसका जन्मदाता जर्मन निम्न पुँजीबादी एवम् मजदुर आन्दोलनका सुधारबादी अर्थबादी नेता बर्निस्टिन हुन । संशोधनबादले शान्तिपूर्ण संङघर्षद्वारा समाजबाद शान्तिपूर्ण बाटोबाट राज्यसत्तामा पुग्न र सुधार ल्याउन सकिन्छ ।
आन्दोलन सबै हो लक्ष्य केही होईन भन्ने बिचाराद्वारा निम्न पुँजीबादी दुनियाँको काखमा रमाउने जमर्को गर्यो । संशोधनबादले कम्युनिस्ट आन्दोलन र बैज्ञानिक समाजबादी सत्तामा प्रभाव पनि जमायो सत्ता कब्जा गर्न पनि सफल भयो तर यो बिचार धारा लामो समय टिक्न सकेन । सन् १९९० को दसकमा पुग्दा बिश्वमा संसदिय ब्यवस्था असफल साबित हुन पुग्यो । मार्क्सले त संसदीय ब्यवस्थालाई बुर्जुवाहरुको गफ गर्ने थलो हो भनेर परिभाषित गर्नु भएको थियोे । यो कुरा आज संसदबाट बैज्ञानिक समाजबाद जन्माउने शान्तिपुर्ण रुपले संसदिय चुनावमा भाग लिएर बैज्ञानिक समाजबाद ल्याउने घोर काल्पनिक मूर्खतापुर्ण कम्युनिस्ट बैज्ञानिक समाजबादी जनताको बिचमा सपना उडाउँदै संशोधनबादको जन्म हुन पुग्यो । बर्नस्टिनले मार्क्स र एङगेल्सको निधनपछि समाजबादीको नाममा मार्क्सवादका आधारभुत सिद्धान्त बिचार र राजनितीलाई उल्टोतिरबाट संसोधन गर्न पुगे । वर्नस्टिनले बिश्वको राजनितीक परिस्थिति मार्क्स एङगेल्सको भन्दा नयाँ र फरक भईसकेको मार्क्स एङगेल्सले भने अनुसार मात्र क्रान्ति हुन नसक्ने ती सिद्धान्त र बिचारलाई परिवर्तन गर्नुपर्ने बिचार अगाडि सारेका थिए ।
वर्नस्टिले समाजवादका लागि वर्गसंङघर्ष, सशस्त्र संङघर्ष (बल प्रयोग ) को सिन्द्वान्त क्रान्ति सर्वहारा अधिनायकत्व प्रयोग गर्न नहुने या प्रयोग गर्नु गल्ती हुने धाराण निर्माण गरे र उनको तर्क पुँजीबादभित्र लोकतान्त्रिक चरित्र बिकास भइसकेको जनताको मत निणर्यक बन्न थालेकोले संसदिय ब्यवस्थाभित्रैबाट चुनावी प्रतिस्पर्धाको बाटो पकडेर सदन र सरकारमा पुग्न सकिने साथै त्यहिबाट पुँजीपतिवर्गसँग सम्झौता, सहअस्तित्व, सहकार्य सुधार गर्दै समाजबाद प्राप्त गर्न सकिने या कैयौं सुधार बिकास र परिवर्तन गर्न सकिने छन। वर्नस्टिनले मार्क्सका आधारभुत सिद्धान्तको संशोधन गर्दै सर्वहारा अधिनायकत्व होइन आलोचनाको स्वतन्त्रतासहितको ब्यवस्था आवश्यक छ। भन्दै वर्नस्टिनले मार्क्सवादी सिन्द्वान्तमै संशोधन गर्दै कम्युनिस्ट आन्दोलनलाई संशोधनबादी कितामा उभ्यायो र वर्नस्टिनको यो संशोधनबादी बिचारलाई पछि फ्रान्समा जिन जोरेस,वेल्जियममा एडवर्ड अन्सिला इटलीमा कार्ल ब्रोरिङले मार्क्सवादको बर्ग सङघर्ष इतिहासको आर्थिक ब्याख्या अतिरिक्त मूल्यको सिद्धान्त आदि बिचार बिरुद्धमा अर्को बिचार पैदा गराए । जुन बिचारधारा सारमा पुँजीबादीको नजिक रहेको छ । यो बिचारधाराका पक्षधरहरुलाई पछि मार्क्सवादका सत्रुहरु वा पुँजीबादीहरुले समेत गहिरो सम्मान गरेका थियो । यहि बिचारलाई नै विश्व कम्युनिस्ट आन्दोलनमा जन्मेको संशोधनवाद हो र संशोधनबादीहरुले पनि आफूलाई मजदुर मुक्ति आन्दोलनका हिमायती ठान्छन तर उनिहरुले मार्क्सवादलाई पुरानो बिचार भन्दै संसदीय ब्यवस्थामा मोह देखाउने गरेका छन । यो बिचारधारा नेता वर्नस्टिन थिए त्यसपछि यो बिचार धारालाई युगोस्ताभियाका मार्सल टिटो , सोभियत संङघमा नेता खुश्चेभले त इतिहासका अबसरबादीहरु र संशोधनबादीहरुका सबै मार्क्सवादी बिरोधी बिचारहरु जम्मा गरेर तीसँग शान्तिपूर्ण सह अस्तित्व शान्तिपूर्ण प्रतिस्पर्धा र शान्तिपूर्ण सङक्रमण सम्पुर्ण जनताको राज्य सम्पूर्ण जनताको पार्टी समेत संशोधनबादी कार्यदिशाको पूर्ण झण्डा बोके । उनले साम्राज्यवादप्रति आत्मसमर्पणको दिशा पक्रे तथा जनताका क्रान्तिकारी सङघर्षहरुलाई बिरोध गरे तिनलाई भड्काउनका लागि बर्ग समन्वयको सिद्वान्त प्रयोग गरे । उनले अन्तरास्ट्रिय कम्युनिस्ट आन्दोलनमा ठुलो शक्ति अंहङकारबादले सर्वहारा अन्तर्राष्ट्रियवादलाई बिस्थापित गरि फूटपस्त नीति लागु गर्न जोड दिए ।
सोभियत संङघमा सर्वहारा अधिनायकत्वलाई समाप्त गर्न पुँजीबादी बिचारधारा ,राजनीतिक अर्थब्यबस्था र संस्कृतिद्वारा समाजबादी ब्यवस्थालाई बिस्थापित गर्न र पुँजीबादको पुनस्थापना गरेका थिय । अरु ब्रेजनभ , गोर्बाचोव र चिनका लिउ सिओची , देङ स्याओपिङहरु थिय यी आधुनिक संशोधनबादी क्रान्ति बिरुद्व यी संसदीय संशोधनबादीहरुले पुँजीबादीहरुसंग मिलेर समाजबादी सत्ताहरुका घाँटी निमठ्ने काम भयो । नेपालमा पनि नेपाल कम्युनिस्ट पार्टीको स्थापना देखिनै क्रान्तिकारी र संशोधनबादीहरु बिच अन्तरसंङघर्ष चलिनै आयो । पार्टीमा ईमानदार ब्यक्ति संगसंगै सुधारबादी संसदबादी र राजाबादी दृष्टिकोण भएका ब्यक्तिहरु पनि कम्युनिस्ट आन्दोलनमा प्रबेश गरेका थिए । उनीहरुले पार्टी संङगठनमा बिस्तारै प्रभाव जमाउँदै संस्थापक महासचिव पुष्पलालको हातबाट प्रथम महाधिवेशनमा मनमोहनले २०१० मा २००७ को क्रान्तिको उपलब्धिको रक्षा गर्ने कार्यनीति र राजाबादी लाईन पास गर्दै कार्यनीति मात्रै हो भन्दै संशोधनबादी राजाबादी र क्रान्तिकारी सिद्धान्तको बिरुद्व लाई पास गराए । मनमोहन राजनीतिक रुपले स्पष्ट दृष्टिकोण नभएका सुधारबादी र संसदबादी भिए ।२०१३ सालमा मनमोहन चीनको निम्तोमा चिन गएपछि उपचारको क्रममा त्यतै बसे पछि कार्यबाहक केशरजङग रायमाझी महासचिव भए तर पार्टीको नेतृत्वको भुमिकाको तिलान्जली र नीति सिद्धान्त पहिलो महाधिवेशनमा दिइसकेको थियोे । त्यसैलाई निरन्तरता दिने काम रायमाझी गुटले गर्यो अन्तर्राष्ट्रिय आन्दोलनमा देखापर्ने उतारचढावको प्रभाव नेपालमा पछि नजीक बाट देखा पर्यो । यसरी पार्टीको मौलिक सिद्धान्तमाथि गधारी गर्ने काम भयो र पार्टीभित्र ठुलो मतभेद देखापर्यो एकातिर क्रान्तिकारी सिद्धान्त र अर्कोतिर सुधारबादी संशोधनबादी नितिका रुपमा अगाडि आयो। यसैको निरन्तरतामा २०१४ को दोस्रो महाधिवेशनले पनि कमरेड पुष्पलाललाई नेतृत्व नदिएर केशरजंग रायमाझी लाई महामन्त्रीको जिम्मा दियो। रायमाझी पढेलेखेका जमिनदार परिवारका थिए । जब राजा महेन्द्रले २०१७ सालमा बहुदललाई निषेध गरेर पञ्चायत लादे तब रायमाझीले राष्ट्रियताका लागि राजाले चालेको कदम ठीक छ भन्दै दरबार प्रबेश गर्नुका साथै रायमाझीले कम्युनिस्ट पार्टीलाई राजापरस्त बनाउन पुगे । तर पार्टी भित्रका क्रान्तिकारीहरुले संशोधनबादी राजाबादी रायमाझी प्रबृत्तिका बिरुद्ध बिदोह गर्दै कम्युनिस्ट पार्टीलाई पुनर्गठन गर्ने पुगे । पुनर्गठन पछि २०१९ सालमा तेस्रो महाधिवेशन आयोजना गरे तर तेस्रो महाधिवेशनले पनि सहि निर्णय दिन सकेन । राजानितिक बिचारमा दक्षिणपन्थी प्रबृत्ति भएका तुल्सीलाललाई महामन्त्रीको जिम्मेवारी दियो र पार्टीमा तुल्सीलालको रुसी संशोधनबादी बिचार आयो तब पार्टी अराजक र बिकेन्द्रित बन पुग्यो । तर संशोधनबादी संग सम्बन्ध बिछेद गर्दै क्रान्तिकारीहरुले पार्टी केन्द्रीकृत हुन सकेन । पार्टीको कमजोर स्थितिलाई ध्यान दिदै कमरे पुष्पलालले २०२५ सालमा राष्ट्रिय सम्मेलन गरेर पार्टी पुनर्गठन गर्ने पहल गर्नुभयो । उहाँले राजनीतिक रुपमा पार्टी लाई खुस्चोभी संशोधनबादी धाराबाट अलग गरे पनि बिबिध कारणले संङगठनात्मक रुपले पार्टीलाई केन्द्रीत र एकताबद्ध गर्न भने सफल हुन सकेन । तर नेपालको कम्युनिस्ट आन्दोलन संशोधनबादी र राजापरस्त नेताहरुका कारण कम्युनिस्ट आन्दोलन सबैभन्दा बिकेन्द्रित भएको समय यहि मानिन्छ ।२०२६ सालको अन्त्यतिर तत्कालीन पुर्ब कोशी प्रान्तीय कमिटिको मातहतमा कार्यरत झापा जिल्लाका बामपन्थी नेता, कार्यकताहरुले उक्त कमिटीबाट अलग हुदै सशस्त्र झापा संङघर्षको सिर्जना गरेका थिय । संशोधनबादी र राजापरस्तबादीहरुलाई चुनौती दिन सफल भए र क्रान्तिकारी कम्युनिस्टहरु लाई आशाको दियो बलेको अनभुति भयो । झापाका क्रान्तिकारीहरुले २०३२ सालमा बिराटनगरमा गुप्तरुमा भेला भई अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारीको कोअर्डिनेशन कमिटी (माले) को गठन गरे । क्रान्तिकारीहरु बिस्तारै संशोधनवाद र राजापरस्त बिचारका बिरुद्ध निरन्तर संङघर्ष गर्दै क्रान्तिकारी बिचारलाई तिर्खान तिर लागे र यसकै आयोजनामा राष्ट्रिय सम्मेलन गरि २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टी (माले) को गठन गर्यो र सी पी मैनाली महासचिव हुनु भयो। यो सम्मेलनले मार्क्सवाद-लेनिनबाद र माओ बिचारधारलाई पार्टीको मार्गदर्शनक सिद्धान्त माने निर्णय गर्यो । क्रान्तिको कार्यक्रम नयाँ जनबादी क्रान्ति नै राखियो र क्रान्तिको चरित्र सशस्त्र क्रान्तिको बाटोलाई नै अवलम्वन गर्ने निर्णय गर्यो । तर फेरि संशोधनबादी र क्रान्तिकारीहरु बिच ठूलो सङघर्ष चलि नै राख्यो । संशोधनबादी,राजापरस्तबिचको क्रान्तिकारीहरुले आफ्नो सिद्धान्त मार्क्सवाद-लेनिनवाद -माओबादलाई दह्रो संग आत्मसात गर्दै थिय र छदम संशोधनबादीहरु पनि कम्युनिस्टको नाममा जनताको बिचारमा भ्रम फैलाउन सफल थिए । यो छद्म संशोधनबादीहरु २०४६ सालको नेकपा (माले)को चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । यो महाधिवेशनबाट पार्टीको महासचिवमा निर्वाचित मदन भण्डारी हुनु भयो । नेपाली क्रान्तिको कार्यक्रममा बहुलीयता थप्यो । र नेपालमा कम्युनिस्ट पार्टी गठन भए देखि नेपाली क्रान्तिको कार्यक्रम नयाँ जनबादी क्रान्ति नै राख्दै आएकोमा नेकपा (माले) ले भने यो महाधिवेशनबाट बहुदलीय जनबादको नामम दिदै झापा सङघर्षको जगमा जन्मेको कम्युनिस्ट पार्टी लाई संशोधनबादमा बदल्ने काम भयो र पञ्चायती ब्यवस्थाका बिरुद्ध नेपाली काग्रेससंग संयुक्त जनआन्दोलन गर्ने कार्यनीति तय गर्यो ।२०४६ फागुन ७ गते देखि संयुक्त जनआन्दोलन संञ्चालन भयो । २०४६ साल चैत्र २४ गते राष्ट्रिय संयुक्त जनआन्दोलन नेपालले आव्हान गरेको सङघर्षमा राजधानी र देशका बिभिन शहरमा लाखौं देश भक्त क्रान्तिकारी जनताहरु सडकमा ओर्लियो त्यो सङघर्षले पञ्चायती ब्यवस्थालाई घुडा टेकाईसकेको थियोे । र नेपाली काग्रेससँग मिलेर तत्कालीन(माले)ले राजतन्त्रसंग सम्झौता गर्यो । आन्दोलनलाई स्थगित गरे जनतामाथि ठुलो गद्दारी गर्यो ।
२०४७ सालमा (माले) र ( मार्क्सवादी ) बिच एकता गरेर नेकपा (एमाले ) पार्टी बनाइयो मदन भण्डारीनै महासचिव नै बने । २०४८ सालमा मदन भण्डारीले बहुदलीय जनवादबारे शीर्षक अन्तर्गत एउटा पुस्तक प्रकाशित गर्नु भयो । २०४९ सालमा नेकपा (एमाले ) को पाचौं राष्ट्रिय महाधिवेशनमा मदन भण्डारीले प्रस्तुत गरेको जनताको बहुदलीय जनबाद नामक सैद्धान्तिक कार्यक्रम बहुमतले पारित गर्यो । त्यसलाई नेपाली क्रान्तिको मौलिक कार्यक्रम नेपाली क्रान्तिको नवीनतम सिद्धान्तजस्ता नामले परिभाषित गरियो । तर जनताको बहुदलीय जनबाद सन् १९५६ मा खुश्चोभले रुसी कम्युनिस्ट पार्टी (बोल्सेभिक) को २०औं महाधिवेशनमा पेश गरिएको नवसंशोधनबादी सिद्धान्तको नयाँ कडीको रुपमा नेपालका क्रान्तिकारी कम्युनिस्टहरुले लिन सकिन्थ्यो । नेपालको कम्युनिस्ट आन्दोलनमा जनताको बहुदलीय जनबाद नामको संशोधनबादी सिद्धान्त एमालेले पहिलो पटक आम क्रान्ति प्रेमी र जनताले बुज्ने गरि भित्र्याएको थियो । झापा सङघर्षको जगमा उभिएको एमाले संशोधनबादमा बहुदलीय जनबादको नाममा पतन हुनपुग्यो । झापा सङघर्ष गरेका आम नेता,कार्यकता र जनताको सपनामा चिसो पानी खन्याउने काम भयो ।
२०४८ सालमा क्रान्तिकारीहरुको एकता महाधिवेशन गरियो महाधिवेशनमा बहुमतले पथप्रदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद-माओवाद पारित गर्यो भने सैन्य -कार्यदिशाका रुपमा दीर्घकालीन जनयुद्धलाई पारित गर्यो । यो कदमले संशोधनबादीहरुको ठाउँकोमा घन बर्षाउने काम भयो । राजनीतिक बैचारिक संगठानिक रुपले क्रान्तिकारी कम्युनिस्टहरुले संशोधनबादी बिचार लाई परास्त पार्दै क्रान्तिकारी नेता, कार्यकता र जनतामा आशाको दियो बाल्न सफल भय ।
यो प्रक्रियाको निरन्तरतामा २०५१ सालमा प्रचण्डहरुले एकता केन्द्रलाई पुनर्गठन गरेर नेपाल कम्युनिस्ट पार्टी (माओवादी )निमार्ण गरेपछि पार्टी पंक्तिमा एकखालको उत्साह, उर्जा र बिश्वास पैदा भयो ।
बहुदलीय संसदीय ब्यवस्थाबिरुद्ध व्यापक रुपले देशै भरि भण्डाफोर अभियानहरु संञ्चालन भए । जाली फटाह बिरुद्व ग्रामीण बर्गसंङघर्ष र भण्डाफोर गर्दै पार्टी जनयुद्वमा प्रबेश गर्ने निर्णय गर्यो । २०५२ साल फागुन १ गते बाट घोषित रुपले संसदीय ब्यवस्थाबिरुद्व जनयुद्ध सुरु भयो । जनयुद्धको पहल गर्दा प्रचण्डहरुले नारा दिए प्रतिक्रियाबादी सत्ताको ध्वंस गर्दै नयाँ जनबादी सत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अगाडी बढौ । संसदीय ब्यवस्थाको अन्त्य गरौ । भन्दै जनताका गाउँ बस्तीमा मुक्तिको सपना बाड्दै हजारौं युवा युवती लाखौं जनताको मुक्तिको सपना देख्दै पार्टी सेनामा आबद्ध भएका थिय । १० बर्षको भिषण वर्गसंघर्ष र जनयुद्धमा रहदा संसदीय ब्यवस्थालाई लगभग पराजित गरिसकिएको थियौ । त्यो संसदीय ब्यवस्था केबल सैन्यबलमा मात्रै टेकिराखेको आबस्था थियो राजनितीक उपस्थितका दृष्टिले शून्य हुँदै गएको थियो । गाउँबाट आधारइलाका र स्वायत्त प्रदेशसम्म नयाँ जनबादी सत्ताहरु स्थापना भईसकेका थिए । पार्टीले संसदीय ब्यवस्थालाई अन्त्य गर्ने र नयाँ जनबादी सत्ता स्थापना गर्ने लक्ष्यमा एक तहको सफलता हासिल गरिसकेको थियो । बिडम्वना भन्नुपर्दछ २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट संसदबादको गन्ध आउन सुरुभयो । पार्टीभित्र लोकतान्त्रिक गणतन्त्र कि नयाँ जनबादी ब्यवस्था भन्दै बहस चल्दै फैजी कारबाहीहरुमा पनि एक पछि अर्को रुपमा सफलता हासिल गर्दै थियो जनमुक्ति सेनाले तर पार्टीभित्रको अन्तर संङघर्ष चर्को बहस छलफल गर्दै । ६२-६३ साल तिर नबसंशोधनबादी प्रचण्ड र बाबुरामहरु १२ बुदे दिल्ली सम्झौता पछि हाम्रो बिरुद्ध बन्दुक चलाउन आदेश दिने दलाल पुँजीबादी संसदीय ब्यवस्थामा लाजै पचाएर पतन हुनपुगे। जनयुद्धलाई राजतन्त्रको अन्त्यसँग मात्रै जोडेर जनयुद्धको नै खिल्ली उडाउदै थाले । महान सहिद ,बेपत्ता , घाइते योद्वाहरुको अपमान गरिरहेका छन । अनि प्रचण्ड र बाबुराम भन्दैछन कि अहिले चलिरहेको दलाल पुँजीबादी संसदीय ब्यवस्था लाई यो त लोकतान्त्रिक गणतन्त्र वा संघिय लोकतान्त्रिक गणतन्त्र भनेको ठ्याक्कै दलाल पुँजीवादी संसदीय ब्यवस्था पनि होइन नयाँ जनबादी गणतन्त्र पनि होईन यो दुबैको गुण भएको नयाँ खालको ब्यवस्था हो । यो पराम्परागत संसदीय ब्यवस्था पनि होईन यो नयाँ जनबादी सत्ता पनि होईन बिचको हो भने गरेका छन । यो भन्नु त रुपमा आफुसंग भएको सबै चिजको तिलान्जली दिएर दलाल पुँजीबादी संसदीय ब्यवस्थामा रमाउने आफूले उठाएका एजेन्डा नबसंशोधनबादमा पतन हुनु र कम्युनिस्ट नामधारीसंग बाम पार्टी एकता गर्नु, कहिले त हिजो जनयुद्धको बेला टाउँकाको मूल्य तोक्ने काग्रेससंग घिन लाग्दो चुनावी गठबन्धन गरेर आफ्नो पार्टी एकीकृत माओवादी हो कि काग्रेस हो थाहा नपाउने अबस्था सृजना भएको छ । मुख्यत जनयुद्धको मूल्य मान्यता राजनीतिक बैचारिक सिद्धान्तमा टाटपल्टाई र दृष्टिकोणको समस्या हो यीनिहरुले नक्कली समाजबादको नारा दिदै जनताको भोटले जनतालाई नै शोषण गर्ने दलालहरुको झुण्ड मात्रै हो ।
पछिल्लो समय क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा पुरानै रोगले निरन्तरता पाएको छ । संसदीय संशोधनबादमा प्रबेश भएको छ । दुई बर्षको दलाल सत्ताले तत्कालीन नेकपालाई प्रतिबन्ध लगायो । हजारौं नेता, कार्यकर्ता र जनताले जेल यातना र दु:ख पायो १२ जना कमरेडहरुको आफ्नो अमूल्य ज्यान गुमाउनु पर्यो । २०७७ फागुन २१ गते नेपाल सरकार र नेकपा बिच तीन बुँदे सम्झौता भयो ।
बिप्लवले संसदीय सशोधनबादमा प्रबेशगर्न सुरु गर्नु भयो । यो निरन्तर पार्टीको १२ औं केन्द्रीय समितिको बैठकमा बिप्लव ले स्थानीय चुनावमा जाने प्रस्ताव ल्याउनु भयो । तर त्यो प्रस्तावलाई क्रान्तिकारीहरुले खारेज गरिदिनु भयो । यो मिटिङ लगत्तै चितवनमा पार्टीको राष्ट्रिय स्तरको भेला भयो पराई जसो कमरेडहरुले चुनावमा जानू हुन्न भने मत थियो तर बिप्लवले केन्द्रीय समितिको निर्णय लाई उल्ट्याउदै भन्नू भयो कि तपाईहरुले मलाई साथ दिनुभयो भने चुनावमा जान्छु । उक्त भेला लगत्तै स्थानीय चुुनाव आयो विप्लवले पार्टीका केन्द्रीय सदस्यहरु लाई स्वतन्त्र उमेदवार बनाउदै पार्टीका केन्द्रीय समितिका कमरेडहरुलाई चुनावमा लड्न पठाउनु भयो । पार्टी भित्रका क्रान्तिकारी कमरेडहरुले चौतर्फी बिरोध गर्नु भयो र क.कञ्चनले त चुनावमा भाग नलिनोस भन्दै प्रेस बिज्ञप्ती मार्फत उमेदवारी फिर्ता गर्नुस भन्ने अपिल गर्नुभयो तर कुनै कमरेडहरुले फिर्ता लिन मान्नु भएन । अन्तत चुनावी कमरेडहरु संसदीय संशोधनबादका मतियार हुनपुग्नु भयो । अनि पार्टी नेतृत्व बिप्लवले भन्दै थिए कि यो कार्यनीति मात्रै हो लेनिनले पनि दुमा प्रयोग गरेका थिए । २०४८ सालमा एकता केन्द्रले पनि प्रयोग गरेको थियो तर कञ्चन सुदर्शनले यो कुरा बुझ्नुभएन भन्दै स्याल हुइयाँ हाल्दै हिड्नु भयो । लेनिनले सन् १९०५ को जनबिद्रोह असफल भएर हजारौं जनताको हत्यापछि पार्टी निकै कमजोर भएको अवस्थामा लेनिनले संसदीय चुनावको प्रयोग गरेको थिय ।२०४८ सालमा एकता केन्द्रले बहुदलीय ब्यवस्थाको स्थापनाको बिशेष स्थितिमा संसदीय र स्थानीय चुनावमा भाग लिएको थियो । तर आजको सन्दर्भ त्यस्तो छैन । बरु दलाल पुँजीबादी संसदीय ब्यवस्थाको चुनावलाई क्रान्तिकारी कम्युनिस्टहरुले कार्यनीतिक भन्दै भाग लिनेहो भने क्रान्तिकारी नेता कार्यकर्ता आम जनसमुदायको चेतनालाई भुते बनाईदिने छ । चुनावि कार्यनीतिले रणनीतिको हत्या गरिदिन्छ ।क्रान्तिकारी कम्युनिस्ट पार्टी संसदीय संशोधनबादमा पतन हुन पुदछ । बिप्लवले दोस्रो संविधानसभा चुनावलाई कार्यनीतिको मात्र बिषय बनाउनु हुदैन र उक्त चुनावलाई वर्गसंघर्षको एक सशक्त मोर्चा बनाउनुपर्छ भन्दै किरण लगायतका कमरेडहरु संग छलफल गर्नु हुन्थ्यो । ठिक त्यसैगरि स्थानीय चुनावमा जानुहुन्न भनी क.कञ्चन क.सुदर्शन क.दिपक क.गुणाराज लोहनी लगायतका कमरेडहरुले पार्टी लाई स्थानीय चुनावमा डुबुल्की मार्नु हुन भनेर सुझाउदा कसरी लिनपियाओवादी हुन्छन् ? बिप्लव कमरेड तपाईलाई नै राम्रोसँग थाहा होला आठौं महाधिवेशनको निष्कर्ष नै दलाल संसदीय ब्यवस्था अन्तर्गत हुने चुनावको कार्यनीति समेतको औचित्य समाप्त भयो भन्दै हुनुहुन्थ्यो । एक जना कबिले भनु भएको थियो कि जुन ब्यवस्थाको बिरोध गर्दै जन्मेका थियौ त्यहि ब्यवस्थाको समर्थन गर्दै मर्नु पर्ने अबस्था आयो भन्नु पर्दछ । बिप्लव कमरेडले फेरि संघ र प्रदेशको चुनावलाई खारेज भन्दै प्रचारप्रसार गर्दै हुनुहुन्छ यो त केवल क्रान्तिकारी पार्टी र जनताको आँखामा छारो हाल्ने काम बाहेक अरु केही होई यो नयाँ सस्करण संसदीय संशोधनबादमा पतन पछाडिको छटपठाट मात्रै हो ।
अन्ततः मार्क्स एगेल्सले भनु भएको छ कि सैद्धान्तिक दृष्टिले हेर्दा संसदीय संशोधनबादको बैचारिक स्रोत निम्न पुँजीबाद र साम्राज्यवादी बिचारधारा नै हो । समाजबादका तीनवटै संघटक अंगलाई संशोधित एवं बिकृत पार्दै आउने काम गरेको छ । दर्शनका क्षेत्रमा काष्टबाद प्रत्यक्षबाद, अनुभवबाद, ब्यवहारिकताबाद,संकल्पबाद,भडुवा बिकासवाद र भुमन्डलिकृत सारसग्रहबादलाई आत्मासातगर्दै आएको छ । द्वन्द्वात्मक एवं ऐतिहासिक भौतिकबादका बिरुद्ध यसले अधिभुतबाद र आदर्शवादको पक्षपोषण गरिरहेको छ । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा पुँजीबादी संकट तथा मूल्यसिद्धान्तको बिरोध गर्नु भुमन्डलिकृत साम्राज्यवादलाई प्रगतिशील देख्नु नियोजित अर्थतन्त्रको बिरुद्ध अराजक स्वतस्फूर्तवादी उत्पादक शक्तिको सिद्धान्त अगाल्नु संसदीय संशोधनबादका मूलभूत सिद्धान्त हुन । समाजबादको क्षेत्रमा यसले वर्गसंघर्ष सर्वहारा अधिनायकत्व र शान्तिपूर्ण सक्रमणको सिद्धान्त अबलम्व गर्दछ । क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई सुधारबादी संसदीय संशोधनबादमा पतन गराउने यसका मूल बिशेषता हुन जान्छन । यी सबै खाले बिशेषताबाट बच्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले आफ्नो कार्यदिशालाई मजबुत बनाउदै समाजबादको यात्रा तय गर्नु अनिवार्य छ ।