कमरेड माओले चिनियाँ समाजमा वर्गहरुको विश्लेषण गर्नु भयो । अनि अन्नु भयो कि हाम्रो शत्रुहरु को हुन मित्रहरू को हुन यो क्रान्तिको लागि प्राथमिक महत्वको सवाल हो। चिनमा पहिलेका सबै क्रान्तिकारी संघर्षहरुले यति कम उपलब्धि हासिल गर्नुको कारण के थियो भने ती संघर्षाहरु वास्तविक शत्रुमाथि हमला गर्नको लागि सच्चा मित्रहरुसित एकताबद्ध हुन सकेनन् । क्रान्तिकारी पार्टी जनताको पथ-प्रदर्शक हो र सो क्रान्तिकारी पार्टीले जनता लाई अलपत्र पारेमा कुनै पनि क्रान्तिकारी पार्टी र कहिल्यै सफल हुँदैन। हाम्रो क्रान्तिमा निश्चित रुपले सफलता प्राप्त गर्ने र जनतालाई • अलपत्र नपार्ने कुरालाई सुनिश्चित गर्नका लागि हामीले चिनियाँ समाजमा रहेका विभिन्न वर्गहरुको आर्थिक स्थिती र क्रान्तिप्रति तिनिहरुका दृष्टिकोणहरुको सामान्य विश्लेषण गर्नुपर्दछ । चिनियाँ समाजमा भएका वर्गहरुमा प्रत्येकको स्थिति के छ । जमिन्दार वर्ग र दलाल वर्ग, आर्थिक दृष्टिले पिछडिएको र अर्ध- औपनिवेशिक चिनमा जमिन्दार वर्ग, पूरै रुपले अन्तराष्ट्रिय पुँजीपतिवर्गका पिछलग्गु हुन र तिमीहरु आफ्नो अस्तित्व र अभिवृद्धिका लागी साम्राज्यवाद माथि निर्भर रहेका छन्। यी बर्गहरुले चिनमा सबभन्दा पिछडिएका र सबभन्दा प्रतिक्रियावादी उत्पादन-सम्बन्धहरुको प्रतिनिधित्व गर्छन र तिनका उत्पादक शक्तिहरुले विकासमा बाधा दिन्छन्। तिनीहरुको अस्तित्व, चिनियाँ क्रान्तिका उद्देश्यहरुसित एकदमै नमिल्दो छ । खास गरेर प्रति क्रान्तिकारी समूह हुन। राज्यसत्तावादीहरु क्वोमिन्ताङको दक्षिणपन्थी अंग तिनका राजनैतिक प्रतिनिधि हुन् भन्दै । चिनको सामाजीक आर्थिक, भौगोलीक, उत्पीडन लाई राम्रो संग विश्लेषण गर्दै दिर्घकालीन जनयुद्धको सैन्य सिद्धान्तकार एवं प्रयोगकर्ता र आन्दोलनका प्रवर्तक समेत हुनुहुन्छ । माओ २५ वर्ष लामो गृहयुद्ध र त्यतिकै लामो अन्तरपार्टी तथा दुई लाईन संघर्ष १६ वर्ष लामो वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि बर्गीय र पार्टीगत संघर्ष र १० वर्ष लामो महान सर्वहारा साँस्कृतिक क्रान्तिबाट गुज्रिएको संघर्षलाई जीवन ठान्ने र जीवनलाई संघर्ष ठान्ने भौतिकवादी र द्वन्द्ववादका प्रयोगकर्ता र विश्वकम्युनिष्ट आन्दोलनका महान गुरुको नाम हो । माओ पार्टी भित्रको अवसरवादका विरुद्ध र वर्गसंघर्षमा दुश्मनका विरुद्ध लड्दै जाँदा लम्बे अभियानका क्रममा १९३५ को चुनई बैठकमा नेतृत्वदायी भुमिकामा स्थापित हुनुभयो । माओले दर्शनशास्त्र राजनितिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा महत्वपूर्ण योगदान दिनु भयो। दर्शनलाई सिद्धान्तका रुपमा परिभाषित गर्नुभएको छ । उत्पादनका लागि सङ्घर्ष वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगबाट नै ज्ञान सिद्धान्तको विकास हुन्छ । ज्ञानका दुई छलाङ हुन्छन्: इन्द्रियग्राह्य ज्ञान र बुद्धिसङ्गत ज्ञान । यहाँ उल्लिखित ज्ञानका तीन स्रोतबाट मानवमस्तिष्कमा जुन वस्तुगत जगत् प्रतिबिम्ब हुन्छ त्यसलाई पाँच इन्द्रियको सुचनाबाट आउने भएकाले इन्द्रियग्राह्य ज्ञान भनिन्छ । दिमागमा प्रतिबिम्बित वस्तुहरुका विषयमा प्रश्नहरू जन्मन्छन् ।’मानौ हामीले सिस्नु भन्ने भन्ने बनस्पतिले पोल्छ भन्ने कुरा स्पर्शद्वारा ज्ञान गयौँ । यो इन्द्रीयग्राह्य ज्ञान हो। सिस्नुले किन पोल्छ भन्ने प्रश्नको जबाफ पटकपटकको प्रयोगद्वारा दियो भने त्यो बुद्धिसंगत ज्ञान हो । जस्तो कि सिस्नुले पोल्नुको कारण वैज्ञानिहरुले मिट्टाइन क्याप्सिन नामक तत्व हो भन्ने कुरा पत्ता लगाए। व्यवहार -ज्ञान-व्यवहार यही नै ज्ञान प्रक्रिया हो ।
माओले भौतिकवादी द्वन्द्ववादको विकास गर्नु भएको छ । सन १९१४ मा लेनिनले द्वन्द्ववादका १६ तत्वहरुबारे नोट लेख्ने भएको थियो तर लेनिन लाई गोली लागि सकेपछि शारिरिक अबस्थाका कारण व्याख्या गर्न पाउनु भएन् । यो थिएन तर त्यो अधुरो कार्यभार बुझ्न र त्यसलाई पूरा गर्न प्रतिबद्ध हुने दार्शनिक माओ नै हुनुहुन्थ्यो । चीनमा माओले सबभन्दा बढी भौतिकवादी यान्त्रिकता र आदर्शवादी अधिभुतवादका विरुद्ध लड्नुपरेको थियो त्यही आवश्यकता र लेनिनले दिएको जिम्मेबारी पूरा गर्न माओ भौतिकवादी द्वन्द्ववादको ब्याख्या र बिकासका लागि अध्यय अनुसन्धानमा मात्र होइन, बरु वर्गसङ्घर्ष र अन्तरपार्टी सङ्घर्षमा डटेर लाग्नुभयो । वर्गसङ्घर्षविना दर्शनशास्त्रको कुरा गर्नु, भनेको समयलाई खेर फाल्नु हो भन्ने माओको जीवन दर्शन थियो । माओ जहिले पनि किताबी दर्शन र जीवन दर्शन बीच एकता कायम गर्ने दर्शनिक हुनुहुन्थ्यो। लेनिनको १६ बुँदाका विस्तृत व्याख्या र विकासका गर्दै ६ वटा बुँदा अन्तरबिरोधको नियम भनेर ब्याख्या गर्दै भौतिकवादी द्वन्द्ववादको विकास गर्ने प्रक्रियामा उहाँले नै तीन नियमहरूलाई एउटै नियम अन्तरविरोधमा संश्लेषण गर्नुभएको छ । ‘दर्शनशास्त्रका समस्याहरूबारे कुराकानीमा माओले भन्नुभएको छ, ‘एङ्गेल्सले तीन नियमको कुरा गर्नुभएको छ तर म तीमध्ये दुईवटा नियम मान्दिनँ । विपरीतहरूको एकता नै सबभन्दा आधारभूत नियम हो । गुण र मात्राको एकअर्कामा रूपान्तरण त मात्रा र गुणजस्ता विपरीतहरूको एकता नै हो, निषेधको निषेध त कतै पनि अस्तित्वमा छैन । मात्रा र गुणको एकअर्कामा रूपान्तरण, निषेधको निषेध र विपरीतहरूको एकताको नियमलाई आमनेसामने समान तहमा राखियो भने अद्वैतवाद होइन, ‘त्रैतवाद’ हुन्छ । निषेधको निषेध भन्ने कुरा त हुनै सक्दैन । सकार–नकार–सकार’ वस्तुको विकास प्रक्रियामा, हरेक घटना यही शृङ्खलाबाट अघि बढ्छन् भनिदिनुभएको छ । र माओले चिनियाँ राजनीतिक अर्थशास्त्रको अध्ययनबाट वर्गविश्लेषण गर्नुभयो र रुसमा लेनिनले क्रान्तिका शत्रु र मित्रको पहिचान गर्दा जुन तरिका अपनाउनुभएको थियो भिन्न देशमा उहाँले पनि यो तरिका अपनाउनुभएको थियो । त्यसआधारमा उहाँले आफ्नो देशलाई अफिम युद्धदेखि नै अर्धसामन्ती तथा अर्धऔपनिवेशिक भएको निष्कर्ष निकाल्नुभयो । क्रान्तिका शत्रुका रूपमा जमिनदार तथा दलाल वर्गलाई लिनुभयो भने मध्यमवर्ग तथा राष्ट्रिय पुँजीपति, निम्नपुँजीपति, अर्धसर्वहारा, सर्वहारालाई क्रान्तिका मित्रका रूपमा लिनुभयो । निम्नपुँजीपति र अर्धसर्वहारा भनेका मूलतः श्रमजीवी किसानहरू नै हुन् । उहाँले मजदुर र किसानलाई आधारभूत वर्गका रूपमा लिएर अर्धसर्वहारा, निम्नपुँजीपति र राष्ट्रिय पुँजीपतिलाई साथमा लिएर जाने नीति बनाउनुभयो । यसअनुरूप नै पहिलो कुरा उहाँले पुँजीवादी क्रान्ति पूरा गरी वैज्ञानिक समाजवाद ल्याउन गाउँले सहरलाई घेर्ने रणनीतिमा आधारित दीर्घकालीन युद्ध र नयाँ जनवादी क्रान्ति गर्ने कार्यदिशा तय गर्नुभएको थियो । र दलाल नोकरशाही पुँजी कब्जा गरेर राष्टिय पुँजीको विकास गरी समाजवादमा पुग्ने नयाँ जनवादी क्रान्तिको कार्यक्रम बनाउनुभयो । त्यसका लागि उहाँले सहकारी आन्दोलन चलाउनुभयो । यसका साथै टिमबद्ध र सामूहिक उत्पादनतिर जाने नीति लागू गर्नुभयो । उहाँले आत्मनिर्भर अर्थतन्त्रमा जोड दिनुभयो जसको परिणाममा आजको चीन बनेको हो । फेरि उहाँले छरिएको कृषि उत्पादनलाई समाजीकरण गर्दै समाजवाद ल्याउने दिशातिर चीनलाई अघि बढाउनुभयो । कृषि उत्पादन र ठूला उद्योगको दुई खुट्टामा समाजवादी अर्थ व्यवस्थाको विकास गर्नुभयो । उहाँले भन्नुभएको छ, ‘कृषिको समाजीकरणबिना समाजवादलाई पूर्ण र सुदृढ गर्नै सकिँदैन ।
चीनको छिमेकी देश रुसमा समाजवादी क्रान्ति सम्पन्न भएको अवस्थामा त्यहाँ क्रान्तिका लागि अनुकूल परिस्थिति बनेको थियो । तर रुस आधा युरोपमा पर्दथ्यो । जहाँ उद्योग तथा कलकारखानाको विकास भएको थियो भने अर्कोतिर विशाल पूर्वी भाग एसियामा पर्दथ्यो जहाँ सामन्ती कृषिप्रणाली थियो । त्यहाँ मजदुर वर्ग मुख्य चालक शक्ति थियो । रुस आफैँ सामन्ती–साम्राज्यवादी देश थियो । तर चीन जनसङ्ख्यामा विशाल, गाउँ नै गाउँ भएको कृषिप्रधान र अर्धऔपनिवेशिक तथा अर्धसामन्ती देश थियो । माओले लेनिन र युरेसिया पढ्नुभयो । माओ र चीनजस्तै कृषिप्रधान तथा पिछडिएको पूर्वी देशका नेताहरूले लेनिनलाई सोध्नुभयो– हाम्रोजस्तो देशमा क्रान्ति कसरी गर्ने लेनिनले जबाफ दिनुभएको थियो, यहाँ तपाईंहरू सामु यस्तो कार्यभार उपस्थित छ जुन सारा विश्वका कम्युनिस्टहरूको अगाडि पहिले कहिल्यै उपस्थित भएको थिएन । साम्यवादका आमसिद्धान्त तथा व्यवहारलाई यस्तो अवस्थाको अनुकूल ढाल्नमा सक्षम हुनुपर्नेछ जहाँ किसान जनसमुदाय जनसाधारणको मुख्य भाग हुन्छ, जहाँ पुँजीका विरुद्ध होइन, अपितु मध्ययुगीन अवशेषहरूका विरुद्ध सङ्घर्षको कार्यभार सम्पन्न गर्नु आवश्यक हुन्छ । यो कठिन र विलक्षण कार्यभार हो विशेष रूपले आभारयोग्य छ किनभने सङ्घर्षमा ती जनसाधारण तानिएर आइरहेका छन् जसले अहिलेसम्म सङ्घर्षमा भाग लिएका थिएनन् ।
अझ अघि बढेर लेनिन भन्नुहुन्छ, ‘त्यो कार्यभार यस्तो छ जसको समाधान तपाईंलाई एउटा पनि साम्यवादी पुस्तकमा मिल्नेछैन परन्तु त्यसको समाधान तपाईंलाई त्यो समान सङ्घर्षमा मिल्नेछ जसको सुरुआत रुसले गरेको थियो । तपाईंले यो कार्यभार पूरा गर्नुपर्नेछ र त्यसलाई अनुभवले हल गर्नुपर्नेछ उहाँले वैज्ञानिक समाजवाद ल्याउने मात्र होइन, बरु त्यसलाई टिकाएर साम्यवादमा पुग्ने महान् सर्वहारा सांस्कृतिक क्रान्तिको बाटोमा अघि बढाउनुभयो । र राजनितीका बैचारिक ,सागठानिक र दर्शन , राजनीतिअर्थशास्त्र र बैज्ञानिक समाजबादको बाटोलाई छितिज देख्ने गरि बिश्वका कम्युनिस्टहरु लाई देखाई दिनु भयो । हामी नेपालका कम्युनिस्टहरु पनि यो बाटो लाई पछाउने आट शाहस गर्दै १३०औँ माओ दिवसका सन्दर्भमा हामी महान् मालेमावादको विकास गर्ने र लालझन्डा बोकेर गद्दारहरूको जरा उखेल्ने प्रतिबद्धता जाहेर गर्दै माओ दिवस लाई भव्यरुपले मनाउ ।