राजनीति
सुदुर पश्चिम विश्वविद्यालय काे समग्र सुधार तगा रिक्त पदाधिकारी काे यथासिघ्र पदपुर्तिकाे माग गर्दै विप्लव निकट अखिल (क्रान्तिकारी ) र नेपाली कांग्रेस निकट नेबिसंघले विश्वविद्यालाई सचेतना तथा ध्यानाकर्षण गराएका छन् ।
क्रियाशील दुई बिधार्थि संगठनले एक प्रेश विज्ञप्ति जारी गर्दै सुदुरपश्चिम क्षेत्रकै धरोहरको रुपमा रहेको यस सु.प. विश्वविद्यालय सङ्ग संबम्धित बिषयका मुद्दाहरुमा यस क्षेत्रमा क्रियाशिल विद्यार्थी सङ्गठनहरुको गम्भीर ध्यानाकर्षण सहित संबंधित निकायको सचेतना र आवश्यक पहलकदमीका भन्दैै सु.प. विश्वविद्यालयमा लामो समय देखि रिक्त रहेको उपकुलपति र रजिस्ट्रारको नियुक्ति प्रक्रिया यथाशाक्य अगाडि बढाउन सरकार र सरकार द्वारा प्रस्तावित उच्च शिक्षा ऐन २०७६ मा केही विश्वविद्यालय बाहेक अन्य विश्वविद्यालयहरु जस अन्तर्गत हाम्रो सु.प. विश्वविद्यालय समेत प्रादेशिक सरकार अन्तर्गत पर्ने हुँदा सरकारको यस्तो आफ्नो उत्तरदायित्व बाट पछिने कामकार्यबाहीको घोर निन्दा गरिएको छ ।
यस्तै सु. प. विश्वविद्यालयमा भोलेन्ट्रीको रुपमा अमेरिकी दूतावास बाट प्राध्यापनका लागि आएका प्राध्यापक जेम्स जोम्स लाई विश्वविद्यालयका प्राध्यापक राजेन्द्र जोशी लगायत को समुहले आर्थिक शोषण र दुर्ववहार गरी १० महिनाका लागि आएका प्राध्यापक लाई ०४ महिना मै जबर्जस्ती विभिन्न झुठो आरोप लगाएर फिर्ता पठाईएको छ। यस घटनाले सु.प. विश्वविद्यालयको मात्रै नभई समग्र देशकै अपमान र बेईज्जत गराएको छ। यस्तो गतिविधी गर्ने विचौलिया समूह लाई सत्यतथ्य छानविन गरि आवश्यक कार्वाही गर्न विश्वविद्यालय प्रशासन सङ्ग जोडदार माग गर्दछौं अन्यथा सशक्त संघर्ष गर्ने चेतावनी दिइएकाे छ ।
हेर्नुस् विज्ञप्ति
संयुक्त प्रेस विज्ञप्ति मिति: २०७६-१०-०५
सुदुरपश्चिम क्षेत्रकै धरोहरको रुपमा रहेको यस सु.प. विश्वविद्यालय सङ्ग संबंधित तपशिल बमोजिमका मुद्दाहरुमा यस क्षेत्रमा क्रियाशिल विद्यार्थी सङ्गठनहरुको गम्भीर ध्यानाकर्षण सहित संबंधित निकायको सचेतना र आवश्यक पहलकदमीका लागि यो प्रेस विज्ञप्ति जारी गर्दछौं ।
तपशिल :
1) सु.प. विश्वविद्यालयमा लामो समय देखि रिक्त रहेको उपकुलपति र रजिस्ट्रारको नियुक्ति प्रक्रिया यथाशाक्य अगाडि बढाउन सरकार सङ्ग जोडदार माग गर्दछौं ।
2) सरकार द्वारा प्रस्तावित उच्च शिक्षा ऐन २०७६ मा केही विश्वविद्यालय बाहेक अन्य विश्वविद्यालयहरु जस अन्तर्गत हाम्रो सु.प. विश्वविद्यालय समेत प्रादेशिक सरकार अन्तर्गत पर्ने हुँदा सरकारको यस्तो आफ्नो उत्तरदायित्व बाट पछिने कामकार्यबाहीको घोर निन्दा गर्दछौं साथै उक्त ऐन मस्यौदा सच्याउन सरकार सङ्ग जोडदार माग गर्दछौं ।
3) सु. प. विश्वविद्यालयमा भोलेन्ट्रीको रुपमा अमेरिकी दूतावास बाट प्राध्यापनका लागि आएका प्राध्यापक जेम्स जोम्स लाई विश्वविद्यालयका प्राध्यापक राजेन्द्र जोशी लगायत को समुहले आर्थिक शोषण र दुर्ववहार गरी १० महिनाका लागि आएका प्राध्यापक लाई ०४ महिना मै जबर्जस्ती विभिन्न झुठो आरोप लगाएर फिर्ता पठाईएको छ। यस घटनाले सु.प. विश्वविद्यालयको मात्रै नभई समग्र देशकै अपमान र बेईज्जत गराएको छ। यस्तो गतिविधी गर्ने विचौलिया समूह लाई सत्यतथ्य छानविन गरि आवश्यक कार्वाही गर्न विश्वविद्यालय प्रशासन सङ्ग जोडदार माग गर्दछौं अन्यथा सशक्त संघर्ष गर्ने जानकारी यसै प्रेस विज्ञप्ति मार्फत सम्प्रेषण गर्दछौं !
अच्युतराज कलौनी
सह-महामन्त्री
नेपाल विद्यार्थी संघ विरेन्द्र शाह , संयोजक अखिल(क्रान्तिकारी)सेतिमहाकाली