logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

लोकसेवाले निकाल्यो नौ हजार पदमा विज्ञापन ! कहाँ कति अनि कसरी भर्ने ? हेर्नुस


  • पत्रपत्रिका
  • बुधबार, जेष्ठ १५ २०७६

लोकसेवा आयोगले स्थानीय तहका लागि नौ हजार कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।

आयोगले बुधबार स्थानीय तहमा रिक्त रहेका पदहरु पदपूर्ती गर्न प्राविधिक र अप्राविधिक दुबैतर्फ गरी कुल नौ हजार एक सय ६१ जनाका लागि आवेदन माग गरेको हो ।

लोक सेवा आयोगले चौथो, पाँचौ र छैठौं तहका लागि प्राविधिक तथा अप्राविधिकतर्फ विज्ञापन खुलाएको छ । प्रकाशित सूचनामा प्रत्येक गाउँपालिका, नगरपालिका छुट्टछ्ट्टै रुपमा पदपूर्ती हुने गरी सूचना निकालेको हो ।

आयोगका अनुसार असार ३ गतेसम्म र दोब्बर दस्तुर तिरेर साउन १० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

दरखास्त दस्तुरका लागि तह ६ का लागि खुला १००० रुपैयाँ र समावेशी थप ४०० रुपैयाँ, तह ५ का लागि खुला ४०० र समावेशी रु २००, तह ४ का लागि खुलाका लागि रु ३०० समावेशीका लागि १५० तोकिएको छ ।

आयोगका अनुसार तह ४ र ५ का लागि १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको र तह ६ का लागि २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै, महिला तथा अपांगको हकमा ४० वर्ष नकटेकाले आवेदन दिन सक्नेछन् ।-

पढेको कुरा नसम्झेर हैरान हुनुहुन्छ ? यसरी पढ्नुहोस सबै सम्झिन्छ

तपार्इँले पढेका कुराहरु चाँडै विर्सेर हैरान हुनुहुन्छ भने अब टेन्सन नलिनु किनकी पढेकाे कुरा सम्झिन यी तरिका अपनाए तपार्इँकाे सम्झिने समय लम्बिन्छ।
) अन्डरलाइन गरेर पढ्ने
कतिपयको बानी पढ्दै अन्डरलाइन गर्ने हुन्छ । त्यसो गर्दा अर्को पटक आफूलाई चासो लागेको विषय खोज्न सजिलो हुन्छ । परीक्षा दिने केही दिनअघि अन्डरलाइन गरेको विषय दोहो¥याउँदा सम्झन सजिलो हुन्छ ।

२) आफ्नो नोट आफैँ बनाउने
धेरैले परीक्षा आउने बेला साथीभाइसँग नोट मागेर पढ्ने गर्छन् । आफैँले नोट बनाउँदा सम्झन सजिलो हुन्छ । शिक्षकले भनेको केही प्वाइन्टको प्रयोग गर्ने र आफ्नै भाषामा नोट बनाउने विधि सजिलो हो । आफूले लेखेको कुरा प्रायः बिर्सिइन्न ।

३) लेख्ने पूर्वाभ्यास
पढेर एकै पटक परीक्षामा मात्र लेख्ने बानीले राम्रो नतिजा आउँदैन । परीक्षा दिँदा एउटा प्रश्न कम्तिमा ३ पटक अभ्यास गर्दा सजिलो हुन्छ । घरमा पहिले नै प्रश्न बनाएर खभ्यास गर्दा आत्मवल समेत बढ्छ ।

४) सर्टकट बनाएर पढ्ने
कतिपय फर्मुलाका बुँदा लामो र दिक्कलाग्दा हुन्छन् । सम्झन अप्ठ्यारो हुन्छ । इतिहास, विज्ञान, अर्थशास्त्र र गणितका सूत्र सम्झन सर्टकट बनाउँदा सजिलो हुन्छ । जस्तै गुड् म्यानेजरका क्वालिटी के हो भनेर अध्ययन गर्दा मानौँ ५ वटा पोइन्ट छ भने स्मार्ट भनेर पढ्ने जसको पूरा फुलफर्म एस भनेको स्पेसिफिक, एम भनेको मेजरेबल, आर भनेको रियलस्टिक, टि भनेको टाइम बाउन्डिङ हुन्छ । यसरी पढ्दा निकै सहज हुन्छ ।

५) प्रयोगात्मकमा ध्यान दिने
पढ्ने विषय पूरै थ्योरी छ भने त्यसलाई प्राक्टिकल बनाएर पढ्न सकिन्छ । मानौँ तपाईं नेपालीको विद्यार्थी हुनुहुन्छ भने कथा, कविता कसरी लेख्ने अभ्यास गर्न घोकेर भन्दा अरुले लेखेका कथा कविताको किताब पढ्दा उपयोगी हुन्छ । हरेक कुरा घोक्नुभन्दा प्रयोगात्मक के गर्न सकिन्छ भनेर ध्यान दिने हो भने पढेको कुरा बिर्सिइन्न ।

६) प्रश्नोत्तर गर्ने
साथीहरुबीच प्रश्नोत्तर गरेर पढ्दा जति फाइदा अरुमा हुन्न । सानो टिम बनाउनुस्, फर्मुला, पोइन्ट, परिभाषा आदिबारे एकअर्कासँग सोध्नुस्, त्यसो गर्दा आफूलाई के आउँछ, आउँदैन भन्नेबारे जानकार भइन्छ । आफ्नो कमी कमजोरी भएको विषयमा थप मिहिनेत गर्न सहज हुन्छ ।

७) साथीहरुसँग पर्याप्त छलफल गर्ने
पढ्दापढ्दै कुनै टपिक्स बुझिदै बुझिएन भने त्यस्तो अवस्थामा साथीसँग सल्लाह गर्नु उत्तम हो । समूह बनाएर आ–आफूले रुचीको विषयमा छलफलगर्दा सजिलो हुन्छ । दिनैपिच्छे फरक–फरक विषयमा छलफल गर्दा अप्ठ्राया विषय समेत सहज बन्छन् ।

८) सिम्बोल दिने
पढेका कुरालाई याद गर्नलाई संकेत पनि दिन सकिन्छ । जस्तो विभिन्न फर्मुलालाई विभिन्न कलरको नामाकरण पनि गर्न सकिन्छ ।

९) टाइमटेबल बनाउने
बोझ लिएर पढ्दा जति पढे पनि याद हुँदैन । कतिपयले पढ्न नभ्याएको पनि बताउँछन् । पढ्न समय व्यवस्थापन गर्नैपर्छ । पढ्ने समयलाई निश्चत समय छुट्याउनुपर्छ । कुन विषय कुन बेला पढ्ने समय छुट्याएर पढ्ने गर्नुपर्छ ।

लोकसेवामा एकैपटक तिन ठाउँमा नाम निकाल्न सफल ब्यक्तिको अनुभव यस्तो छ

स्याङ्जास्थित भिरकोट न.पा. वडा नं ३ मा रहेको सहिद शुक्र माध्यामिक विद्यालयबाट विद्यालय स्तरको अध्ययन पूरा गरेँ । स्कुलमा औसत विद्यार्थी हुँ । अध्ययनकै सिलसिलामा म पत्रकारिता पेसामा पनि जोडिएको थिएँ । तर, लोकसेवाप्रति रुचि लाग्यो र २०७० मा लोकसेवाबाट पहिलो प्रयासमै कम्प्युटर अपरेटरमा नाम निस्कियो । अंग्रेजी भाषामा मेरो राम्रो ज्ञान थियो ।

त्यहीकारण मैले परराष्ट्र सेवाअन्तर्गत अधिकृतको तयारी गरेँ । तर, २०७२ र २०७३ दुवै वर्ष म पहिलो पेपरमै असफल भएँ । खासमा आइक्युमा मेरो तयारी पुगेको थिएन । म बजारमा निस्किएका किताब पढ्थेँ ।

तर, त्यो पूर्ण नहुँदो रहेछ । २०७४ मा फेरि अधिकृतका लागि तयारी गरेँ । योपटकचाहिँ मैले आइक्यु अध्ययनका लागि इन्टरनेटको सहारा लिएँ । र, तेस्रो प्रयासमा अधिकृतमा नाम निकाल्न सफल पनि भएँ ।

पहिलो पत्र

पहिलो पत्रका लागि नियमित अभ्यास, विषयवस्तुको राम्रो ज्ञान र शीघ्र निर्णय क्षमता आवश्यक पर्छ । मैले आइक्यु, अंग्रेजी र सामान्य ज्ञान तीनवटै विधामा पूर्णांक र आफ्नो दक्षताबमोजिम समय छुट्याएँ र नियमित रूपमा अभ्यास गर्दै गएँ । सामान्य ज्ञानका लागि सम्झन सक्ने तवरले सूत्रबद्ध गरेँ ।

नियमित पत्रपत्रिका पढी समसामयिक विषयलाई एउटा छुट्टै कपीमा टिपोट गरेँ । अंग्रेजीका लागि इन्टरनेटबाट व्याकरणका अपवादका नियमहरू अभ्यास गरेँ । आइक्युको लागि वेबसाइट र युट्युबको सहाराले अभ्यास गरेँ ।

ट्युसन सेन्टरमा वेलावेलामा परीक्षा दिन गएँ । त्यसले गर्दा समय व्यवस्था गर्न सहज भयो । पढाइको लय मिल्ने केही साथीहरू मिलेर समूहमा पढियो भने त्यो झनै दिगो र प्रभावकारी बन्ने मेरो अनुभव छ ।

द्वितीय र तृतीयपत्र

लेखन अभ्यास राम्रो भएन भने ‘हेर्दा सबै जानेजस्तो, लेख्न थाल्यो केही पनि नजानेजस्तो’ हुने रहेछ । तोकिएको समयभित्र अरूको चित्त बुझ्ने गरी लेख्नु झनै चुनौतीपूर्ण कुरा हो ।

विषयगत तयारीका लागि म बजारमा पाइने पुस्तकमा मात्रै भर परिनँ । स्पष्ट बुझाइ नहुँदासम्म विषयवस्तुलाई बहुआयामिक दृष्टिकोणले विद्यमान अवस्थासँग दाँजेर केलाउने गर्थें ।

उदाहरणका लागि सरकारको परिभाषा खोज्नुप¥यो भने मैले हाम्रो सरकारलाई सम्झन्थेँ र त्यसका विभिन्न पक्षहरूलाई केलाउँथेँ । यसो गर्दा पुस्तकमा लेखेको भन्दा धेरै नै बढी ज्ञान हुँदो रहेछ । सँगसँगै एउटा विषयलाई अर्को विषयसँग जोडेर लेख्न सक्ने क्षमताको पनि विकास भयो ।

कुनै पनि विषय पढिसकेपछि मैले त्यसको व्यावहारिक अभ्यास कस्तो छ, सिद्धान्त र व्यवहारमा मेल खान्छ कि खाँदैन, त्यसको अकाट्य परिभाषा के हुन सक्छ भनेर धेरैबेर मनमनै मन्थन गर्थें । एक घन्टा पढेँ भने त्यसमाथि आधा घन्टा चिन्तन र लेखन अभ्यास गर्थें ।

लेखन अभ्यास राम्रो भएन भने ‘हेर्दा सबै जानेजस्तो, लेख्न थाल्यो केही पनि नजानेजस्तो’ हुने रहेछ । तोकिएको समयभित्र अरूको चित्त बुझ्ने गरी लेख्नु झनै चुनौतीपूर्ण कुरा हो ।

परराष्ट्रका थप दुई पत्र

परराष्ट्रको द्वितीय पत्रका लागि माथि भनिएजस्तै गरी अभ्यास गरेको थिएँ, भाषा मात्रै फरक हो । पहिलो पत्र ‘अंग्रेजी भाषा’को लागि मैले धेरै मिहिनेत त गरेको थिइनँ, तर कुनै कुरा मनमा आउनेबित्तिकै यसलाई नेपाली र अंग्रेजी दुवै भाषामा कसरी भन्न÷लेख्न सकिन्छ भनेर चिन्तन गर्थें ।

पत्रपत्रिकामा एउटै समाचारलाई अंग्रेजी र नेपाली भाषामा कसरी लेख्दा रहेछन् भनेर हेर्ने र अनुवाद गर्ने गर्थें । निबन्ध लेखनका लागि विषयवस्तुको बहुआयामिक विश्लेषण गर्ने बानीले सहज भयो ।

सूचना प्रविधि सीप परीक्षण र अन्तर्वार्ता

मैले पहिलेदेखि नै टाइपिङमा नियमित अभ्यास गर्ने गरेको थिएँ । त्यसैले टाइपिङमा पूरै अंक प्राप्त गरेँ । प्रयोगात्मक परीक्षामा पूर्णांकको नजिक–नजिक नम्बर ल्याउन सफल भएँ ।

लिखितमा मेरो न्याय, परराष्ट्र र प्रशासन तीनै सेवामा नाम निस्केको थियो । न्याय सुनिश्चित थियो, तर न्यायमा अन्तर्वार्ता दिनेबित्तिकै परराष्ट्र र प्रशासनमा आउने बाटो नै रोकिन्थ्यो । त्यसैले धेरैजसो समय कुन सेवा छनोट गर्ने भन्नेमै बित्यो ।

अन्तर्वार्ताका लागि समय खर्चिन नभ्याए पनि पहिलेको तयारीले होला, खासै अप्ठ्यारो परेन । न्यायको अन्तर्वार्तामै सहभागी भइनँ । परराष्ट्र र प्रशासनको अन्तर्वार्ता दिएँ । नतिजा आउँदा परराष्ट्रमा नाम निस्कियो, साह्रै खुसी लाग्यो ।

परीक्षाअघिको अभ्यासमा जति गल्ती भयो, त्यति नै सुध्रिने मौका मिल्दो रहेछ । परीक्षामा गरेको एउटा गल्तीले अर्कैलाई विजयी बनाउँदो रहेछ । त्यसैले लोकसेवा तयारी गर्नेहरूले यो कुरालाई मनन गर्नु जरुरी छ ।

सुनार पररास्ट्र मन्त्रालयका शाखा अधिकृत हुन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार