बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी काे केन्द्रीय जनसुरक्षा विभागले नेपालमा जनमुक्ति सेना आबश्यक रहेकाे जनाएकाे छ । बिभागका सचिवद्वारा हस्ताक्षरित बिज्ञप्तिमा “जनमुक्ति सेना र बहिर्गमित जनमुक्ति सेनालाई जनमुक्ति सेना पुनर्गठन ” गर्न अपिल गरिएकाे छ।
बहिर्गमित जनमुक्ति सेना र सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई विभिन्न तत्वहरूले उत्तेजित बनाउने गरेको भन्दै बहिर्गमित जनमुक्ति सेनाको अधिकारको हवाला दिँदै हरियो घाँस देखाउनेहरूले नै हिजो जनमुक्ति सेनालाई निःशस्त्र पार्न न्वारनदेखिको बल लगाएको उल्लेख गरेकाे छ।
साथै विज्ञप्तिमा जनयुद्धका कतिपय विशिष्ट घटनाहरूलाई लिएर त्यसमा मानवअधिकारको रङ भरी नेपालको सार्वभौमिकतामा हस्तक्षेप गर्नु क्रान्तिकारी आन्दोलनमाथिको चलखेल हो भनिएको छ ।

बिज्ञप्तिमा “शान्तिप्रक्रियालाई वास्तविक शान्ति, अग्रगमन र आर्थिक–सामाजिक रूपान्तरणको बाटोमा तगारो हाल्नेहरूले नै सङ्क्रमणकालीन कानुनका नाममा देश र जनताका विरुद्ध षड्यन्त्र गरिरहेको भन्दै विज्ञप्तिमा देशलाई मुक्त गर्न एकीकृत जनक्रान्तिको बाटो हुँदै वैज्ञानिक समाजवाद” स्थापनाको बाटोमा अघि बढन अपिल गरेकाे छ।