माक्स एङगेल्सले बैज्ञानिक समाजबादी राज्यब्यबस्थाकाे क्षेत्रमा गर्नु भएकाे सबैभन्दा महत्त्वपूर्ण र प्रमुख अनुसन्धान बैज्ञानिक साम्यवाद अर्थात कम्युनिज्यम हाे। बैज्ञानिक साम्यवाद अाजसम्मकै मनाव समाज र सभ्यताहरुकाे उच्चतम् एवम् उत्कर्षकाे शष्लेषण हाे।याे यस्तो परिकल्पना हाे झट्ट हेर्दा एक अादर्शवादी स्वप्नद्रष्टाकाे कल्पनाजस्ताे हुन्छ।तर याे कुनै काल्पनिक वा अादर्शवादी कल्पना हाेइन।याे यस्तो बैज्ञानिक र बस्तुवादी परिकल्पना हाे जाे हजारौं तथ्यहरुद्वारा परिस्कृत भएकाे छ र बैज्ञानिक प्रतिबिम्ब काे रुपमा प्रतिबिम्बित छ।
अभुतपुर्व अक्टोबर क्रान्तिकाे बिजय पश्यात साेभियत सत्ताले दुनियाँ लाई चकित बनाउनेगरी बैज्ञानिक समाजवादी सत्ताकाे अभ्यास गर्याे।पेरिस र रुसका शासक र मालिहरुलाइ मात्रै सत्ताच्युत गरेन सिङ्गै दुनियाँका लुटेरावर्गलाइ उसकाे “स्वर्ग”मा ज्वालामुखी फुटेकाे अनुभूति दिलायाे र मजदुर तथा श्रमजीवी बर्गलाइ समाजवादी सत्ताकाे संचलाचक बनायाे।
माक्स एङगेलसले बैज्ञानिक समाजवादी राज्यब्यबस्थाकाे अनुसन्धान गर्ने सन्दर्भमा बैज्ञानिक समाजवादी सत्तामा सर्वहारा बर्गकाे अधिनायकत्व बारे पत्ता लाउनु भयाे।उहाहरुले राज्यसत्ता सम्बन्धि अध्ययनका क्रममा “मानवजातीलाई बर्गबिहिन, जातीबिहिन, शाेषणबिहिन साम्यवादी सभ्यतामा पुर्याउन एउटा निश्चित समाअबधिसम्म संक्रमणकालीन राज्यब्यबस्था हुनेछ त्याे नै बैज्ञानिक समाजवादी सत्ता हाे।” भन्नू भयाे। यसकाे अर्थ भनेकाे समाजवादी सत्ताले पुजीवादी सत्ताकाे अन्त्य गर्नेछ तर सम्पूर्ण हिसावले निशेध गर्नसक्नेछैन्।
बैज्ञानिक समाजवादले केबल पुजीवादलाई निशेध मात्र गर्दैन महान साम्यवादमा जाेडने पुल काे काम गर्दछ। त्यसैले माक्स एङगेल्सले संक्रमणकालीन राज्यब्यबस्था भन्नू भयाे।
माक्सले अगाडि भन्नुभयाे “पुजीवादी र साम्यवादी समाजकाे बिचमा पहिलो बाट दाेश्राेमा क्रान्तिकारी रुपान्तरण काे अबधि ……यसै अबधिरुप राजनीति संक्रमणकाे अबधि पनि रहन्छ। यस समयावधि पनि सर्वहारा बर्गकाे क्रान्तिकारी अधिनायकत्व सिवाय अरुकेही हुनैसक्दैन्।”
“बर्गसंघर्षले अनिवार्यत: सर्वहारा अधिनायकत्व तर्फ डाेर्याउछ याे अधिनायकत्व स्वयमले सबै बर्गहरुकाे संक्रमणकाल हाे”
माक्सले पेरिस कम्युनकाे हारलाइ सर्वहारा अधिनायकत्वकाे सहि प्रयाेग हुन नसकेकाे तथ्य पत्तालाउनु भयाे। नेतृत्व गैरसर्वहारावादी प्रुधाे र ब्लाङकीहरुले लिए जाे सर्वहारा सत्ता र सर्वहारा अधिनायकत्व बिराेधी थिए। अाफ्नाे शक्ति काे बिसर्जन, पुजीवादीहरुलाइ अार्थिक तथा प्रशासनिक कार्यमा छुट दिनु नै सर्वहारा अधिनायकत्व बिपरित भन्नुभयाे।
यी घटनाक्रमले लेनिनले बैज्ञानिक समाजवादी सत्तामा सर्वहारा किन जरुरी छ बाेध गराउन ‘राज्य र क्रान्ति’ रचना गर्नु भयाे। उहाँ ले लेख्नु भयाे “याे साधन (राज्य) या दण्डद्वारा हामी समस्त शासनलाई नषट गरिदिन्छाै, जब संसारमा शाेषणकाे संम्भावना रहने छैन।जमिनका स्वामी कलकारखानाका स्वामी हुने छैनन्। यस्तो हुनेछैन काेहि चाैरासीब्यान्जन काेहि छाक टार्न नसकेर भाेकै मर्नुपर्दैन, राज्य रहने छैन शाेषण रहने छैन।
माक्स लेनिनकाे याे निस्कर्षले के सावित गर्छ भने आर्थिक उत्पादन सम्बन्धकाे बिकास , बर्गहरुबिचकाे संघर्ष र क्रान्ति का कारण पुजीवादसम्मकाे सबै शाेषणकारी ब्यबस्थापहरुकाे अन्त्य बैज्ञानिक समाजबादी सत्ताकाे स्थापनाले मात्र गर्दैन त्यसका लागि
बैज्ञानिक समाजबादीसत्ता संगै सर्वहारा अधिनायकत्व काे अनिवार्य र निसर्त जरुरी हुन्छ। बर्गहरुकाे अन्त्य र राज्हरुकाे अन्त्य गर्दै मानव दुनियाँ लाई बैज्ञानिक समाजबाद हुँदै साम्यवादतिर अग्रसर गराउने छ।अन्ततः अाफै अधिनायकत्व लाई पनि अन्त्य गरिदिने छ। जहाँ अधिनायकत्व रहदैन त्यहा बर्ग र राज्य हुनेछैनन्।
बैज्ञानिक समाजवाद पुस्तक बाट