logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

जनमुक्ति सेनाको ३ रणनीति र १२ योजना यस्तो थियो


  • अखिल बिश्वकर्मा
  • मंगलबार, माघ १५ २०७५

दश वर्ष चलेको जनयुद्धको सैन्य ट्याक्टीसको बारेमा धेरै कोण बाट अध्ययन बिष्लेषण भएको पाइन्छ। खासमा के थियो त जनमुक्ति सेनाको सैन्य रणनीति भन्नेलाइ छोटोमा यसरी बुबुझौ

गाउँबाट शहर घेर्ने दिर्घकालिन जनयुद्ध’को माओवादी सैन्य  रणनीतिमा आधारित थियोे । रणनीतिक सन्तुलन, रणनीतिक रक्षा र रणनीतिक प्रत्याक्रमणका तीन चरण भएर अगाडि बढेको याे अभियान करिब १० बर्ष चल्याे।
माओवादी ले तीन चरणमा थालियाे फाैजी रणनीति जनयुद्धका १२ औं याेजनामा बाडेर लागू गरेको थियाे। याे अबधिमा दाेहाेराे माेर्चाबन्दी लडाइमा जनसेना र शाही सेना एव प्रहरी बिचकाे लडाइँ र क्षतिकाे एउटा चित्र दिने काेसिस गरेका छाै।

१.रणनीतिक रक्षा ( पहिलो चरण )

झन्डै ६६ महिना अबधिकाे याे चरण पूरा गर्न ७ अाेटा याेजना लागू गरिएका थिए। संयाेग जनयुद्धको पहिलो याेजनामा राज्य लडाकु दुवै पक्षबिच मानबिय क्षति भएन। दाेश्राे र तेश्राे याेजनमा भने कमान्डर सहितकाे शाहदत भयाे।ऐतिहासिक बेथान अाक्रमणमा कमान्डर तिर्थ गाैतम सहितका लडाकुहरु काे बलिदान भयाे।
रणनीतिक रक्षा अन्तर्गतको याे अबधिमा
छापामार तर्फ : ७१ जना
प्रहरी तर्फ  : २७७ जनाकाे मानबिय क्षति भयाे।
रणनीतिक रक्षाकाे याे अबधिमा : १००० थान बढी छापमारले हतियार कब्जा गर्न सफल रहयाे।
डाेल्पा जिल्ला सदरमुकाम दुनै कब्जा गर्याे भने हाेलेरी लगायतका ठाउँमा ७१ जना प्रहरीलाई अात्मासर्पण पश्चात छाेड्याे। साथै कब्जामा लिइएका १३ जना बन्दी प्रहरी मानवअधिकार कर्मि काे राेहवरमा रिहा गरियाे।

२. रणनीतिक सन्तुलन  ( दाेश्राे चरण )

याे अबधि २०५८/८/८ काे कार्वाही पश्चात् माओवादी रणनीतिक सन्तुलनमा प्रबेश गरेको हाे। रणनीतिक सन्तुलनकाे याे समयमा जनयुद्धका ३ ओटा याेजना लागू गरिएका थिए। अाठाै याेजनाकाे सुरुवात शाहिनेपाली सेनामाथीकाे हमला थियाे भने नवाैं र दशाै त्यसैकाे निरन्तरता का रुपमा रहन गए। याे चरणकाे सुरुवात २०५८ मंसिर ८ गते दाङ सदरमुकाम घाेराही, स्याङ्जा सदरमुकाम पुतलीबजारबाट एकसाथ भयाे भने कर्णाली अन्चल सदरमुकाम जुम्ला लगायतका कयैन माेर्चाहरु सम्पन्न भए भने अन्त्य २०६० चैत्र  ७ गते म्यादी काे सदरमुकाम बेनि कब्जा गरेर सम्पन्न भयाे।
२०५८साउनमा औपचारिक हिसावले जनमुक्ति सेनाकाे घाेषणा गर्दै जनमुक्ति सेनाकाे प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न  भयाे।
याे बिचमा दुई चरणमा बार्ताहरु भए तर सफल हुन सकेनन्। बार्ता चलिरहेको बेला २०६० साउन २२ रामेछापको दाेरम्बा हत्याकाण्ड भयाे।
रणनीतिक सन्तुलनकाे याे अबधिमा
जनमुक्ति सेना तर्फ : ६०३ जना
शाही नेपाली सेना, प्रहरी तर्फ : ८००बढीकाे मानबिय क्षति भयाे।
जनमुक्ति सेनाले :३२०० थान भन्दाबढी हतियार कब्जा गर्याे।

३. रणनीतिक प्रत्याक्रमण ( तेश्राे याेजना )

केन्द्रीय सत्ता कब्जाकाे उद्वेश्य सहित गरिएका आक्रमक कार्वाहीहरुकाे श्रृङखलालाई जनयुद्धको फाैजी रणनीति अन्तगर्त प्रत्याक्रमणकाे चरणमा परिभाषित गरिएकाे थियाे।
याे अबधि २२ महिनाकाे रहयाे। ५ महिना माओवादीले एकतर्फि युद्धबिरामकाे घाेषणा गर्याे बाकि १७ महिना भिषण लडाइ र माेर्चाबन्दीका रहन गए। याे अबधिमा जनमुक्ति सेनाले किल्लाबन्दी लडाइँ खास्सै जित्न सकेन्।
कालिकोटको पिली बाहेक खारा,रम्बापुर,भिरपुस्ताङ,बन्दीपुर,पनाैती,घाेडेटार,र ताैलिहवा लगायतका माेर्चामा पराजय ब्यहर्नु पर्याे। तर ठुला भिडन्त र एम्बुसकाे नयाँ शैन्य रणनीति मा जनमुक्ति सेना अब्बल रहयाे।  “किल्ला भित्रकाे लडाइँमा शाहि नेपाली सेना नहार्ने किल्ला बाहिरकाे लडाइँमा जनसेना नहार्ने र नछाेडने” स्थिति बन्याे। शाहीसेना ब्यारेक बाहिर अाउन सकेन्।
बाह्राै याेजनकाे अन्त्यतिर सात दल र माओवादी बिच दिल्लीमा १२ बुदे समझदारी भयाे यसले शाहीसेनालाइ ठुलाे अप्ठ्यारोमा पार्याे।
याे अबधिमा चलायमान र माेर्चाबन्दी युद्धका केही उत्कृष्ट लडाइँमा जनमुक्ति सेनाले सान्दार जित हासिल गर्याे।
समग्रमा  प्रत्याक्रमणकाे याे याेजनामा जम्मा
जनमुक्ति सेना तर्फ : ४९९ जना
शाहिसेना प्रहरी : ४४० जनाकाे मानबिय क्षति भयाे।
जनमुक्ति सेनाले : ७८१ थान बढी हतियार कब्जा गर्न सफल भयाे।
जनयुद्धको याे समग्र अबधिमा
जनमुक्ति सेना तर्फ : ११७३
तत्कालीन शाहिसेना, प्रहरी तर्फ : १५८८ जनाकाे मानबिय क्षति भयाे।
नाेट : यहाँ प्रत्यक्ष फाैजी लडाइँमा भएकाे मानविय क्षति र कब्जाका बिबरणम मात्रै समेटिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार