logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बैठक बस्दै गर्दा प्रधानमन्त्रीको कार्यालयमा आगलागी


  • एजेन्सी
  • सोमबार, चैत्र २५ २०७५

इस्लामाबाद- पाकिस्तानका प्रधानमन्त्री इमरान खानको कार्यालयमा आगलागी भएको छ । उनको सचिवालयमा सोमबार दिउँसो भएको आगलागीमा परी कुनै मानवीय क्षति र कोही घाइते भने नभएको अधिकारीहरुले जनाएका छन् ।

संसद भवन नजिकै रहेको उच्च सुरक्षा घेराभित्रको भवनको तेस्रो तलाको शौचालयमा आगलागी भएको प्रधानमन्त्रीका सल्लाहकार यौसाफ बैघ मिर्जाले बताए । कार्यालयमा आगलागी भएको बेला प्रधानमन्त्री खान कार्यालयमै एउटा बैठकको अध्यक्षता गरिरहेका थिए ।

आगलागी भएको थाहा पाउने वित्तिकै अग्नी नियन्त्रक र उद्धारकर्ताहरुले कार्यालयमा रहेका प्रधानमन्त्री खानसहित सबैलाई तत्काल कार्यालय बाहिर निकालेका थिए । विद्युत् सर्ट भएर आगलागी भएको अधिकारीहरुले जनाएका छन् । आगो तत्कालै नियन्त्रणमा लिइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार