राजनीति
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण मान बिजुक्छेले प्रचण्ड भारत र अमेरिकाको ट्रोजन हर्स भएको आरोप लगएका छन । राजधानी बाट संचालित एक अनलान पोर्टल लाइ अन्तरवार्ता दिदै उक्त धारणा राखेका छन । बिजुक्छेले प्रचण्ड बाबुराम साच्चिकै जनताका लागी भनेर नलडेको तर्क गर्दै यदि उनिहरु जनताको लागी लडेका भए सरकारको बागडोर सम्हाल्दा केहि गर्ने थिए उनिहरु जनताको पक्षमा नरहेकोले केहि नगरेको दलिल पेश गरेका हुन ।
अन्तर वार्ताको क्रम्मा नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा सग संबंधित ३ प्रश्नमा उनको जवाफ यस्तो रहेको छ ।
विप्लव नेकपा विप्लव समूहलाई प्रतिवन्ध लगायो । यो के हो ? भन्ने जिज्ञासामा उनले यस्तो भने :-
यसको जरैमा जानुपर्ला । भारतको सहयोगमा प्रचण्डले सुरु गरेका कथित जनयुद्ध उनकै लागि प्रतिउत्पादक हुँदै गएको पुष्टी पनि हो यो । साच्चिकै क्रान्ति भएको भए जोताहाले जग्गा पाउने थिए, मजदुरहरुले कामको सुनिश्चिता पाउने थिए । प्रचण्ड/बाबुराम त प्रधानमन्त्री भए । हरेक पार्टीले सरकारमा गएपछि आफ्ना कार्यक्रमहरु लागु गर्छन् । तर दुवै प्रधानमन्त्रीले यो काम गरेनन् । यसले के देखाउछ भने देशमा मौलिक परिवतर्न आउने काम नै गरेनन् ।
कम्युनिष्टको आवरणमा मान्छे कहाँबाट कसरी सञ्चालित हुन सक्छ भन्ने त विगतदेखि प्रष्ट छ ।
त्यसकारण प्रचण्ड ग्रुपलाई व्यवहारले पूँजीवादी र नयाँ सम्भ्रात वर्ग भन्दा हुन्छ । सिद्धान्तमा त उनीहरु च्यूत नै छन् । बाबुराम त दही च्यूरे भइहाले । नेपालको कम्युनिष्ट आन्दोलनको एउटा गम्भीर रोग तपाईलाई भनूँ तत्कालीन झापाली समूहले मनमोहन अधिकारीलाई हत्याको सुचीमा राखेको थियो ।
तर पछि उनकै नेतृत्वमा झापाली समूहले सरकार बनायो । तत्कालीन माओवादीका नेता प्रचण्ड लगायतलाई नेपाली कांग्रेसले टाउको मुल्य तोकेको थियो । तर फेरि उनै दुई पार्टी मिलेर सरकार बनाए ।
सिद्धान्त र अडान नभएका पद र पैसामा बिक्नेहरु कसरी कम्युनिष्ट हुन सक्छन् ? प्रचण्डले रोपेको बिउ विप्लव फल्दा के अनौठो भो ? राजनीतिक विश्लेषण गर्दा प्रचण्ड भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको ‘ट्रोजन हर्स’ हो । प्रचण्डको बाँकी बक्यौता विप्लव हुन सक्ने भएकाले गम्भीर हुनपर्ने अवस्था छ ।
कम्युनिष्ट पार्टीलाई बदनाम गर्न के सम्म हुन्छ भन्ने एउटा स्मरण तपाईलाई सुनाउँछु । २००८ सालमा जनकपुरमा प्रगतिशील कम्युनिष्ट पार्टी भनेर खुब प्रचार गर्यो । त्यतिबेला कम्युनिष्ट पार्टी प्रतिबन्धित थियो । पछि त्यो समूहको एकजना मान्छे प्रक्राउ गरी भद्रगोल जेलमा ल्याइएको थियो ।
त्यसको केहीसमयपछि भारतीय दुतावासले हाम्रो नागरिक हो भनेर लिएर गयो । कम्युनिष्टको आवरणमा मान्छे कहाँबाट कसरी सञ्चालित हुन सक्छ भन्ने त विगतदेखि प्रष्ट छ । स्टालीनको कडा अनुशासनमा पनि पार्टीका केन्द्रीय सदस्यहरु समेत जर्मनको गुप्तचर विभागबाट पैसा लिएर काम गर्थे । नेपालका कम्युनिष्ट पार्टीमा यस्ता मान्छे त कति छन् कति ?
विप्लवलाई गर्नुपर्ने चाहिँ के थियो ?
सिके राउतसँग वार्ता गर्न हुने विप्लवलाई लखेट्नु पर्ने किन ?
विप्लव त यो व्यवस्थाकै विरुद्धमा छन् नि ?
अनि केपी ओली,प्रचण्ड पनि त्यो बेलाको व्यवस्थाकै विरुद्धमा थिए नि ? वार्ता नगरी को कसको विरुद्ध छ भन्ने आधारमा निश्कर्ष निकाल्न मिल्छ ? प्रचण्डसँग पनि वार्ता नगरेको भए पनि त हुन्थ्यो उसो भए । प्रचण्डले यही व्यवस्थासँग सम्झौता गर्न सक्छन् भने उनका बाइप्रोडक्टले नसक्लान र ?
शिलापत्रडटकमकालागि प्रदीप बस्नेतले गरेको यो कुराकानी ।