राजनीति
पोखरा -विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई केन्द्रिय सदस्य गिरफ्तार भएका छन । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य चुरामणी वलि “आदर्श” र अर्का केन्द्रिय सदस्य चन्द्रबहादुर खड्का “असल” लाई दाङ बाट गिरफ्तार गरेको नेकपाको बिश्वस्त स्रोतले जनाएको छ ।

आदर्श सो पार्टीका स्कुलिङ्ग बिभागका रहेर काम गरेका हुन भने असल यसअघि विप्लवको कार्यालयमा रहेर काम गरेका थिए । पछि गिरफ्तार भएर लामो समय बुटवल हिरासतमा बसेर अदालतले रिहा भए पनि उनको जिम्मेवारीमा परिवर्तन गरिएको नेकपा स्रोतले जनाएको छ ।
