logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

के हाे डिप्रेशन ? यस्ता छन् बच्ने उपायहरु


  • राजनीति
  • आइतबार, बैशाख १५ २०७६

के हो डिप्रेसन?

त्रि.वि. शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सरोज ओझाका अनुसार डिप्रेसन भनेको कम कडा खालको मानसिक रोग हो । ‘डिप्रेसन कडा मानसिक रोग होइन, तर समयमै रोग पहिचान र उपचार भएन भने डिप्रेसनको रोगीले हात्महत्या समेत गर्न सक्छन्’ डा. ओझाले लोकान्तरसँग भने, ‘यो रोग जो कोही व्यक्तिलाई पनि लाग्न सक्छ । नेपालमा पुरुषभन्दा महिलामा डिप्रेसनको रोग बढी रहेको छ ।’

डिप्रेसनको रोगले यस्तो असर पार्छ

डिप्रेसन भएको बिरामीले समयमा उपचार पाएन भने बिरामीमा सामाजिक, आर्थिक र मनोवैज्ञानिक रुपमा धेरै किसिमका समस्याहरू देखिन्छन्ः
–समयमा उपचार नहुँदा रोग कडा हँुदै जान्छ ।
–दैनिक कार्यमा असर गर्छ ।
–पारिवारिक तथा सामाजिक जिम्मेवारी वहन गर्न सक्दैन ।
–सामाजिक र आर्थिक रुपमा कमजोर हुने अवस्था आउँछ ।
–मनमा डर, चिन्ता र आत्महत्याको भाव आउन सक्छ ।

यस्ता समस्या देखिएमा डिप्रेसन भएको हुनसक्ने डा. ओझाको भनाइ छ । डिप्रेसन रोगलाई निको बनाउन समयमै रोग पहिचान गरी चिकित्सकबाट मनोपरामर्श लिने र आवश्यक परे चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्ने हुन्छ ।

डिप्रेसनबाट मुक्त हुन अपनाउनुस् यी तरिका
–दैनिक कार्यमा आउने तनावलाई सकारात्मक रुपमा लिनुपर्छ ।
–आफूलाई आइपर्ने समस्यामा चिन्ता लिएर बस्नुभन्दा पनि कसरी सामाधान गर्न सकिन्छ भन्ने सोच्नुपर्छ ।
–मनोरोगलाई भयानक रुपमा लिनु हुँदैन ।
–मानसिक समस्या भएको संकेत देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्छ ।
–सामाजिक कार्यमा सक्रिय हुनुपर्छ ।
–निष्क्रिय जीवनशैलीलाई त्याग्नुपर्छ ।
–कार्यमा आइपर्ने तनाव कम गर्न, पयाप्त आराम र खानपानमा विषेश ध्यान दिनुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार