logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

मोदीका विशेष दूत एस जयशंकरले लिए मन्त्रीको सपथ


  • एजेन्सी
  • बिहिबार, जेष्ठ १६ २०७६

नेपालमा नयाँ संविधान जारी गर्ने बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत बनेर नेपाल आएका पूर्वविदेश सचिव एस जयशंकरले मन्त्री पदको सपथ लिएका छ । बिहीबार साँझ भारतीय राष्ट्रपति रामनाथ कोविन्दले जयशंकरलाई मन्त्री पदको सपथ खुवाएका हुन् ।

जयशंकर नेपालमा भारतले अप्रत्यक्ष रुपमा लगाएको नाकाबन्दीका बेला मोदीको विशेष दूत बनेर नेपाल आएका थिए ।

जयशंकर भारतले नेपालमा नाकाबन्दी लगाएका बेला विदेश सचिवको जिम्मेवारीमा रहेका थिए । उनले त्यसबेला नेपालको संविधान निर्माणको कार्य रोक्न खोजेको भन्दै व्यापक आलोचना भएको थियो । उनलाई नेपाल मामला जानकार समेत भनिन्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार