logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

अपडेट- कैलाली आँधी : एकजनाको मृत्यु, ७५ जना घाइते


  • राजनीति
  • बिहिबार, जेष्ठ २३ २०७६

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा आँधीले वितण्डा मच्चाउँदा एकजनाको मृत्यु भएको पुष्टि भएको छ ।

कैलालीको गोदावरी नगरपालिकाका वीरबहादुर चौधरीको मृत्यु भएको र घाइते हुनेको संख्या ७५ पुगेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

आँधीबाट विशेषगरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका प्रभावित भएको उनको भनाइ छ । घाइतेमध्ये अधिकांशको सेती अञ्‍चल अस्पतालमा उपचार भइरहेको छ भने अन्यको नयाँ मेट्रो, निर्सग र अत्तरियाको पद्‍मा अस्पतालमा उपचार भइरहको कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्‍नेतले जानकारी दिए ।

कञ्‍चनपुरमा भने घरको छाना र बिजुलीका पोल ढलेको भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

बिहीबार बेलुका आएको आँधीले घरका छाना उडाउनुका साथै बालीनालीमा व्यापक क्षति पुर्‍याएको उनले बताए । जिल्लास्थित सुरक्षा निकायले क्षतिको विवरण संकलन गरिरहेको र उद्धारमा जुटेको उनको भनाइ छ ।

हावाहुरीले बिजुलीको पोल ढालेर विद्युत सेवा अवरुद्ध भएको छ । अहिले हावाहुरी रोकिएको छ ।

आपतकालीन कार्यसञ्‍चान केन्द्रका अनुसार हावाहुरी बर्दीया र दाङतर्फ बढिरहेकोले सतर्क रहन आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार