logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

१९ डिआईजीको सरुवा, कसलाइ कहाको जिम्मेवारी ?


  • राजनीति
  • शनिबार, जेष्ठ ३२ २०७६

नेपाल प्रहरीका १९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृह मन्त्रालयले शनिबार साँझ उनीहरुको सरुवा गरेको हो ।

गृह मन्त्रालयले नेपाल प्रहरीका १९ डीआईजीको सरूवा गरेको छ । मन्त्रिस्तरीय निर्णयबाट डीआईजीहरूको सरूवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

एक नम्बर प्रदेशमा ठाकुर ज्ञवाली, दुईमा प्रद्युम्न कार्की, तीनमा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, पाँच नम्बरमा सुरेशबिक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्सालको सरूवा भएको छ ।

यस्तै योजना अन्वेषण निर्देशनालयमा केदार रिजाल, भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्युरोमा हरिबहादुर पाल, अख्तियारमा कमल जिटी र महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारी आएका छन् ।
डीआईजी केदार न्यौपानेको प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालय, कमल बहादुर जिटीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगर ठाकुर ज्ञवालीको प्रदेश १मा सरुवा भएको छ ।

बाँकी को कहाँ सरवा भए हेर्नुहोस :-

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार