logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

तनहुँ भिमादमा ३ सय ५० अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण


  • राजनीति
  • आइतबार, असार ८ २०७६

पोखरा-तनहुँ भिमाद नगरपालिकाले ३ सय ५० अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।

सोमा पुरुषको संख्या २ सय र महिलाको संख्या १४० रहेको छ । नगरपालिकाले ‘क’ वर्गका ६९, ‘ख’ वर्गका १ सय ३९, ‘ग’ वर्गका ९२ र ‘घ’ वर्गका परिचयपत्र लिने ५० लाई परिचयपत्र वितरण गरेको हो ।
गत जेठ २२ गतेदेखि नगरपालिकाले प्रत्येक वडामा गएर अपाङ्गता परिचयपत्र वितरण कार्य थालेको नगरपालिकाका अपाङ्गता समितिका संयोजक एवं कार्यपालिका सदस्य दिना गौतमले बताए ।

कोही छुटफुट भएमा केही समयपछि नगरपालिकाबाट नै परिचयपत्र वितरण गर्न आगामी बैठकमा छलफल हुने उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार