logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

अभियान्ता कार्कीको स्वागतमा रेखा थापा, रिहा लगतै यस्तो भने…


  • राजनीति
  • मंगलबार, असार १७ २०७६

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा आस्था राखेकै आरोपमा पक्राउ परेका नरबहादुर कार्की रिहा भएका छन । छुटे सगै कार्कीले आफूविरुद्धको आवाजलाई बन्द गर्न खोज्दा सरकारले मुलुकमा ‘इरिटेसन’ सृजना गरेको बताएका छन्।

असार १६ गते अदालतबाट  धरौटीमा छुटेपछि कार्कीले राजनीतिक आस्थाकै आधारमा कसैलाई बन्दी बनाइनु लोकतन्त्रकै उपहास भएको बताए। ‘ यो समग्र राजनीतिक कोर्स र संस्कारकै नराम्रो उदाहरण हो। निषेधको नीतिले संसारभर कतैपनि प्रियखालका समाधान आएका छैनन्’, कलाकार र मोटिभेसनल स्पीकर समेत रहेका कार्कीको भनाइ रहेको छ ।

कार्कीले जनताको चाहनालाई सरकारले सम्बोधन गर्नुपर्ने धारणा राख्दै – ‘हामी देशका विरुद्ध लडेका होइनौँ। देशकै निम्तिको लडाइँ हो।’ भन्ने प्रष्ट भनाइ राखेकाछन ।

बिश्व कम्युनिष्ट शासन र सस्कृतिमा आलोचनात्मक बहसलाई गतिलो संस्कार मानिएपनि नेपालका कम्युनिष्ट पार्टीहरुले आलोचना र विरोधी आवाजलाई सहन नसकेको उनको तर्क रहेको छ।

कार्की गत असार ९ गते बालुवाटार बाट गिरफ्तार भएका थिए । उनी रिहा हुदा स्वागत गर्न नेपाली सिने जगतकी बोल्ड नायिका रेखा थापा गएकी थिइन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार