logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

साविक विजेता चिलीलाई हराउँदै पेरु फाइनलमा,आयोजक ब्राजिलसँग प्रतिस्पर्धा गर्ने


  • राजनीति
  • बिहिबार, असार १९ २०७६

साविक विजेता चिलीलाई हराउँदै पेरु कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहिबार बिहान भएको खेलमा पेरुले चिलीलाई ३–० गोलले हरायो ।

पेरुको जितमा इडिसन फ्लोरेसले २१औं मिनेटमा गोल गरे । त्यसपछि ३८औं मिनेटमा चिलीका योशीमार योटुनले गोल गर्दे टोलीको अग्रता दोब्बर नाए ।

दोस्रो हाफको इन्जुरी समयमा जोस पाउलो गुरेरोले गोलगर्दै चिलीलाई फाइनलमा पुर्याए । त्यसलगत्यै चिलीले पेनाल्टीको मौका खेर फालेको थियो । पेरुका एडुआर्डो भार्गासको प्रहारलाई पेरुका गोलरक्षकले सजिलै विफल पारिदिएका थिए ।

फाइनलमा पेरुले आयोजक ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि ब्राजिलले अर्जेन्टिनालाई २–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार