कडा भाषण दिएर चर्चामा आएकी भारतकी एक सांसदमाथि नै भाषण चोरीको आरोप लागेको छ । तृणमुल काँग्रेसकी सांसद महुवा मोइत्रामाथि भाषण चोरीको आरोप लागेको हो ।
उनले यसबारे प्रष्टिकरण दिँदै आफूले चोरीको भाषण नगरेको र जे बोलेको हो, त्यो मनभित्रैबाट बोलेको बताएकी छन् । संसदमा गरेको भाषण मौलिक नभएको आरोप लागेपछि उनको यस्तो भनाई आएको हो ।
उनले सरकारले देशलाई फाँसीवादतर्फ लिएर अघि बढेको आरोप लगाएको भाषण सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
उनले राष्ट्रवादको नाममा देश विभाजन गरेको आरोप लगाएकी छन् । तर केही दिनदेखि मानिसहरुले उनको भाषणलाई चोरीको बताएपछि प्रष्ट पारेकी हुन् ।
महुवाले भनेकी छन्, ‘चोरी त तब हुन्छ, जब कुनै स्रोत उल्लेख गरिएको हुँदैन । मेरो भाषणमा सबै स्रोतबारे उल्लेख गरेकी छु ।’
‘होलोकास्ट मेमोरियल म्युजियम’ को मेन लबीमा सन् २०१७ मा प्रदर्शित पोस्टरको हवाला दिँदै सात संकेतको जिकिर गरेकी थिइन् ।