logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

काठमाडौंमा नेविसंघको मसाल जुलुस १५ जना पक्राउ


  • राजनीति
  • बिहिबार, असार २६ २०७६

भारतबाट आयात गरिने तरकारीको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएको नेविसंघले काठमाडौंमा राँके जुलुस निकालेको छ ।

नेविसंघले बिहीबार साँझ बालाजु-बाइपाहुँदै बालाजु चोकसम्म जुलुस निकालेको थियो । जुलुसपछि बालाजु चोकमा कोणसभा गर्ने क्रममा महानगरीय प्रहरी बृत्त बालाजुले १४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पूर्वकेन्द्रीय सदस्य सुशील भट्टसहित निरन्जन थापा, पवन थापा, सुबास घिमिरे, सुदीप अधिकारी, बिजय ढुङ्गना, मनोज राना, सौरब घिमिरे, सन्देश पन्त, सुशील ढकाल, प्रदीप जङ साह, अमृत लामिछाने, उत्सब अवस्थी र अनिल महर्जन रहेका छन् ।

यसअघि नेविसंघले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘विषादीयुक्त तरकारी’ पठाएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार