logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

शिक्षक सेवा आयाेगका लागि हेर्नुस् बस्तुगत नमुना प्रश्न


  • राजनीति
  • शुक्रबार, साउन ३ २०७६

शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत पश्नको संगालो ल्याउने गरेका छौँ र आज निम्न माध्यामिक तहका विज्ञान विषयका लागि उपयोगी हुने खण्ड (ख) शिक्षण सिकाइका तौरतरिका (विधि), सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी ज्ञान परिक्षण अन्तर्गत ५ प्रश्न लिएर आएका छौँ ।

यस खण्डमा २५ अङ्का ५ अङ्कभारका दरले पाँच वटा प्रश्नहरु सोधिनेछन् । विज्ञान विषयको शिक्षक लाईसेन्सका परीक्षामा शिक्षण सिकाइका तौरतरिका (विधि), सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी ज्ञान परिक्षण अन्तर्गत खण्ड अन्तर्गत सोधिने केही नमुना विषयगत सम्भावित प्रश्नहरु । यस खण्डबाट ५ वटा प्रश्नहरु रहनेछन् ।
यी हुन् शिक्षक लाईसेन्सको निम्न माध्यामिक तह विज्ञान विषयको परीक्षमा सोधिने ५ वटा २५ अङ्कका सम्भावित विषयगत पश्नहरु

निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रमा सोधिने नमुना प्रश्न

तहः निम्न माध्यामिक पत्र : पहिलो (विषयगत)
पूर्णाङ्क : २५ 
खण्ड : ख 
सबै प्रश्नको उत्तर दिनुहोस्

प्रश्न नं. १. विज्ञान शिक्षण भनेको के हो ? विज्ञान शिक्षणको महत्वलाई ४ बुँदामा व्याख्या गर्नुहोस् । (१ +४)

प्रश्न .नं. २. विज्ञान प्रक्रियागत सिप भनेको के हो ? ४ वटा आधारभूत विज्ञान प्रक्रियागत सिपलाई छोटकरीमा वर्णन गर्नुहोस् । (१+४)

प्रश्न नं ३. परिमार्जित ब्लुमको टेक्सोनोमी अन्तर्गत संज्ञानात्मक क्षेत्रका तहहरुको सूची बनाई प्रत्येक तहको एक एक ओटा प्रश्न तयार गर्नुहोस् । (१+४)

प्रश्न नं. ४. विशिष्टीकरण तालिका भनेको के हो ? विष्टिीकरण तालिकाको कुनै चारवटा प्रयोगलाई छोटकरीमा वर्णन गर्नुहोस् । (१+४)

प्रश्न नं. ५. कार्यमूलक अनुसन्धान भनेको के हो ? शिक्षकको लागि कार्यमूलक अनुसन्धान आवश्यकता पर्नुका कारणहरु उल्लेख गर्नुहोस् । ( १+४)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार