राजनीति
पोखरा- राम्रोसँग बोल्न नसक्ने सुस्त मनस्थिति भएकी लमजुङ मस्र्याङदी गाउँपालिका – ४ घर भएकी एक महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक व्यक्तिलाई प्रकाउ गरेको छ। । २८ वर्षीया ती महिलालाई करणी गरेको आरोपमा प्रहरीले धादिङको रुबीभ्याली गाउँपालिका ६ खादिङ घर भएका मस्र्याङ्दी गाउँपालिका ४ ताघ्रिङमा बस्दै आएका ३३ वर्षीय पहलमान तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार अपरान्ह ४ बजे घरमा बसिरहेकी अवस्थामा ती महिलालाई तामाङले करणी गरेको आरोप लागेको छ । घटनाबारे स्थानीयले खबर गरेपछि प्रहरीले घटनास्थलबाटै ती आरोपी युवकलाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले युवकविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरेको बताए । जिल्ला अदालतबाट दशदिनको म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए । राम्रोसँग बोल्न नसक्ने सुस्त मनस्थिति भएकी महिलाले आफूमाथि जबर्जस्ती करणी भएको बताएको प्रहरीले जनाएको छ ।