logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

दुधकाे मूल्य बढ्याे प्रति लिटर ६ रुपैया थप


  • राजनीति
  • शुक्रबार, भाद्र २० २०७६

सरकारको स्वीकृतिमा दुग्ध विकास संस्थानको दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिहीबार दूधको मूल्य वृद्धि गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता प्रदिपचन्द्र भट्टराईले जानकारी दिए ।

‘हामीले मन्त्रालयमा निर्णय गरी दुग्ध विकास संस्थानलाई स्वीकृति दिएका छौँ’ भट्टराईले भने, ‘अब त्यसलाई संस्थानले कार्यान्वयन गर्छ ।’

उत्पादन लागतका आधारमा उचित मूल्य नपाएको भन्दै मूल्य नबढाए आन्दोलन गर्ने किसानले चेतावनी दिएपछि सरकारले स्वीकृति दिएको हो ।

७० रुपैयाँ लिटरमा बिक्री हुँदै आएको दूधको उपभोक्ता मूल्य ७६ रुपैयाँ पुग्नेछ । यो समाचार आजको नागरिक दैनिकमा प्रेम पुन्थोकीले लेखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार