एजेन्सी । चीनमा एउटा ठुलो भवनको भित्तामा अड्किएका एक युवकको भिडियो भाइरल बनेको छ ।
डेलिमेलका अनुसार उनी प्रेमिकाको कोठाबाट तल खसेका हुन् ।
भित्तामा अडेस लगाएका उनले अन्डरपेन्ट लगाएका छन् र मोबाइलमा कुरा गरिरहेको देखिएको छ ।
केहि समयपछि उनी तल खसेको र मृत अवस्थामा फेला परेको बताइएको छ । तर, स्थानीय प्रहरीले भने उक्त कुराको खण्डन गरेको छ ।
केहीले उनले आत्महत्या गर्ने प्रयास गरेको अनुसक्ने अनुमान लगाएका छन्।