logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पूर्वी इण्डोनेसियामा बिहान ६.५ म्याग्निच्युडको भूकम्प


  • राजनीति
  • बिहिबार, असोज ९ २०७६

जकार्ता- पूर्वी इण्डोनेसियामा आज बिहान ६.५ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ । सो भूकम्प मालुकु प्रान्तमा बिहान ८ बजेर ४६ मिनेटमा गएको हो । अहिले नै त्यहाँ जनधनको क्षति भएको विवरण आइसकेको छैन । भूकम्प निकै शक्तिशाली महसुस गरिएको स्थानीयले बताएका छन् ।
सर्वसाधारण घरबाट निस्केर भागाभाग गरेका थिए ।

सो भूकम्पबाट सुनामीको खतरा भने नरहेकोले शान्त हुन स्थानीय अधिकारीहरुले सर्वसाधारणलाई आग्रह गरेका छन् । (एजेन्सी)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार