logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

रक्सी सेवन गरेर होहल्ला गरेपछि प्रहरी निरीक्षक पाल कारबाहीमा


  • राजनिती न्युज डेस्क
  • शनिबार, असोज ११ २०७६

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी निरीक्षक देवेन्द्र कुमार पाल कार्यक्षेत्रमै मादक पदार्थ सेवन गरेर होहल्ला गरेपछि काठमाडौं परिसर तानिएका छन्।

शुक्रबार राति महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट अनुगमन टोली पुग्दा उनी मदिराको नसामा थिए। प्रहरी नायब उपरीक्षक पवन भट्टराई नेतृत्वको अनुगमन टोलीलाई निरिक्षक पालले ‘चेन अफ कमाण्ड’ विपरीत गालीगौलज गरेपछि विभागीय कारबाहीको लागि उनलाई परिसर तानिएको हो।

‘आन्तरिक रुपमा ड्युटी दुरुस्त भेटिएन,’ महानगरीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले अन्नपूर्णसँग भने, ‘ उनलाई विभागीय कारवाहीको लागि परिसर तानिएको हो। कार्यक्षेत्रमा रहँदा मापसे गर्न पाइँदैन।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार