logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

तत्कालै प्रचण्डलाई कार्यकारी नबनाउने मुडमा ओली


  • राजनीति
  • सोमबार, मंसिर २ २०७६

हिजो मात्रै प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने हल्ला हरु आइरहदा प्रधानमन्त्री ओलीले भने तत्कालैै आफू स्वास्थ भएको र केही थप निर्णय लिने सचिवालय बैठमा जानकारी गराएका छन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे नेताहरुलाई जानकारी गराएका छन् । आइतबारको बैठकमा अरु दिनभन्दा केही फरक ढंगले प्रस्तुत भएका अध्यक्ष ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे नेताहरुलाई जानकारी गराउँदै आफु एक्टिभ रहेको बताएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा साँझ बसेको बैठकमा प्रधानमन्त्री ओलीले बैठकको सुरुमै आफ्नो स्वास्थ्य अवस्थाबारे नेताहरुलाई जानकारी गराएर बैठकका अरु एजेण्डामा प्रवेश गरेका थिए ।
‘मेरो स्वास्थ्य अवस्था अहिले सामान्य छ । अहिले म फरवार्ड र एक्टिभ नै छु’ एक सचिवालय सदस्यले प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै भने‘केही दिनको अवस्था हेरेर बाँकी उपचारबारे निर्णय गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । त्यही अनुसार अगाडि बढ्नेछु ।’

त्यस्तै उनले मन्त्रीहरुको जिम्मेवारी हेरफेरबारे पनि सोच्नुपर्ने बेला आएको हो कि भनेर सदस्यहरुलाई सोधेका थिए । ‘मन्त्रिमण्डलबारे पनि सोच्नुपर्ने बेला भएजस्तो छ । यसबारे पनि सोच्नुपर्ला’ प्रधानमन्त्री ओलीले यस्तो भनेपनि सदस्यहरुले भने कुनै प्रतिकृया जनाएनन् । तर कहिले, कसरी र कतिजना मन्त्रीहरु फेर्ने भन्ने विषयमा भने उनले प्रस्ट जानकारी गराएनन् । ‘कहिले, कतिजना र क–कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने खुलाउनुभएन ’ ती सचिवालय सदस्यले भने । यद्यपि सचिवालय बैठकपछि पार्टी र सरकारका मन्त्रीहरुको हेरफेरबारे बैठकमा छलफलनै नभएको दावी प्रवक्ता नारायणकाजी श्रेष्ठले गरे । सञ्चारकर्मीको प्रश्नमा प्रवक्ता श्रेष्ठले बैठकमा प्रवास समन्वय कमिटी गठनबाहेक अरु कुनै एजेण्डामा छलफल नै नभएको बताएका थिए ।

यसअघि सचिवालय बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने तथा कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गर्ने चर्चा चलेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार