पोखरा -नेपाली समाजमा केही दशकदेखि मधुमेह एक जटिल तथा घर–घरका समस्याका रुपमा विस्तार हुँदै आएको छ । नेपालमा ४० वर्षमाथि उमेरका तीन जनामध्ये एकजनामा सुरुवाती मधुमेह हुने गर्दछ भने हालसम्म नेपालमा नौ लाख मानिस मधुमेहबाट प्रभावित रहेको तथ्याङ्क छ । त्यस्तै विश्वका प्रत्येक ११ व्यक्तिमध्ये एक जनामा मधुमेह रोग लागेको पाइएको छ ।
यसरी व्यापक बनेको मधुमेह रोगका बिरामीले के खान हुन्छ, के खान हुदैन ? एक सामाग्री :
अण्डा–व्यक्तिले अण्डाको पहेँलो भाग (कोलेष्ट्रोल) खान हुन्छ । व्यक्तिले खाद्यवस्तुको प्रयोग गरी खाएको कोलेष्ट्रोलको २० प्रतिशत मात्र रगतमा जम्मा हुनजान्छ ।
दैनिक मानिसले प्रयोग गरिने चामल, मैदा, आँपआदिमा कोलेष्ट्रोल हुन्छ । एक स्वस्थ्य व्यक्तिले दिनको एक पहेँलो भागसहितको अण्डा खान सकिन्छ । तर असन्तुलितरुपमा धेरै खान नहुने चिकित्सकको सल्लाह छ ।
रसबरी–मधुमेह भएका मानिसले पनि मात्रा मिलाएर रसबरी खान मिल्छ । खानै नहुने भन्ने होइन, डा रेग्मी भन्छन । रातो मासु– सेतो मासु– परिवारमा व्यक्तिले राँगाको मासु (मटन) हप्तामा दुई दिन खान सकिन्छ । तर सेतो मासु भन्दैमा असन्तुलित रुपमा धेरै मासु खाएमा शरीरलाई हानी गर्दछ ।
घ्यू–घ्यू भातमा अलिकति राखेर खाने गर्नुपर्छ । घ्यूमा तारेर खानु हुँदैन । एक चम्चा घ्यू खान सक्नुहुन्छ । फाइवर प्रसस्त भएको हरियो सागपात खानुपर्छ ।
रोटी–आटाको रोटीमा अलि कति घ्यू लगाई दियो भने सुगर घटाउँछ । हप्तामा दुई दिन माछा पकाएर खान डा रेग्मीको सुझाव छ । मानिसले रक्सी सेवन गर्दा रगतमा चिनीको मात्रा कम हुन जान्छ । त्यसैले मात्रा मिलाएर थोरै रक्सी सेवन गर्न सकिन्छ ।