पोखरा- विवादित कालापानी क्षेत्र भारतको भएको दाबी भारतस्थित उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले गरेका छन्।
रावतले ओलीलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कालापानी नेपालको हो त्यसको एक इन्च पनि जमिन भारतले नपाउने’ बताएपछि जवाफ दिएका हुन्।
त्रिवेन्द्रले भने,‘नेपालले कालापानी आफ्नो भनेर दाबी गरिरहेको छ। यो चिन्ताजनक विषय हो। कालापानी भारतको हो र भारतमै रहन्छ।’
भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी भारतमा देखिएपछि नेपालीहरुले भारतविरुद्ध विरोध गरिरहेका छन्।