logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखरामा चौथो राष्ट्रिय केन्पोकाई राष्ट्रिय च्याम्पियनसिप हुदैँ


  • आश तमु
  • मंगलबार, पुष ८ २०७६

पोखरा- नेपाल केन्पो काई एशोसियशन नेपालको आयोजनामा पोखरामा चौथो राष्ट्रिय केन्पो काई राष्ट्रिय च्याम्पियनसिप तथा दोश्रो नेपाल भार्त मैत्रीपुर्ण प्रतियोगिता २०७६ हुने भएको छ । सोमबार पोखरामा आयोहित पत्रकार सम्मेलनमा पुस १२ गते देखी पोखरा रगंशालामा प्रतियोगिता संचालन गर्ने तयारी भैरहेको नेपाल केन्पो काई एशोसियसनका अध्यक्ष प्रगत कायस्थले जानकारी दिए । प्रतियोगितामा भाग लिन नेपाल भरिका सातै प्रदेशबाट चार सय खेलाडी सहभागी हुने बताए। भारतवाट २० जना खेलाडी पनि पोखरा आईसकेको अध्यक्ष कायस्थले बताए।

जापानबाट सुरु भएको केन्पो काइ एक मार्शल आर्टका सवै खेलहरुको समिश्रण भएको खेल भएको मुख प्रशिक्षक नाराज खडका(हरी) ले बताए। । उनले प्रतियोगितामा पुरुष र महिला क्याटोगरिमा प्रतिस्प्र्धा गराइने बताए । केन्पो काइमा नेपालमा २१ जिल्लामा सञ्चालनमा रहेको र गण्डकी प्रदेशमा मात्रै दुई हजारको हाराहारीमा खेलाडी रहेको प्रशिक्षक हरी बताउछन।

प्रतियोगितमा १४ वटा तौल समुहमा प्रतियोगिता गराइने प्रप्रतियोगितामा प्रत्येक समुहमा प्रथम, द्धितिय, तृतिय र चौथौलाई मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न करिव १५ लाख खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । नयाँ खेलाडी उत्पादन गदै केन्पो काइ खेलको प्रचार प्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

पोखरामा आन्तरीक पर्यटन प्रवद्धनसंगै खेलकुद शहरका रुपमा स्थापित गराउने अभियानमा सहयोग पुर्याउन प्रतियोगिता पोखरामा गर्न लागेको अध्यक्षले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार