g]kfnL sfFu|];sf] kl5Nnf] cj:yfaf/] g]sfsf g]tf 8f gf/fo0f v8sfsf] ;+of]hsTjdf g]kfnL sfFu|];sf k"/fgf g]tfx?;Fusf] 5nkmndf ;xefuL x'b} g]sf ;efklt z]/axfb'/ b]pjf, jl/i7 g]tf /fdrGb| kf}8]n dxfdGqL 8f z+;fs sf]O/fnfnufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;
पोखरा – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुस ११ गते बस्ने भएको छ । विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशनलगायतका विषयमा सहमति हुन नसकेपछि पुुस १० गतेका लागि बोलाइएको बैठक पुस ११ गतेसम्मका लागि तय गरिएको हो ।
मङ्सिर २६ देखि बोलाइएको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन नसकेपछि विभिन्न समयमा बोलाइएको बैठक स्थगित हुँदै आएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक पुस ११ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए ।