logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

भारतीय सवारीसाधनका कारण दुर्घटना बढेपछी पोखरामा आवतजावतमा रोक


  • राजनिती न्युज डेस्क
  • बिहिबार, पुष १० २०७६

पोखरा- भारतीय नम्बर प्लेटका गाडीलाई पोखराको पर्यटकीय गन्तव्यमा आवतजावतमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले सुचना जारी गर्दै पोखराको पर्यगन्त्यव भित्र भारतीय सवारी साधन माथी रोक लागएको हो। पोखरामा भारतीय सार्वजनिक सवारीका कारण बढेको ट्राफिक जाम र दुर्घटनलाई दृष्टिगत गरी त्यस्तो रोक लगाइएको जनाएको छ ।

भारतीय चालकलाई पोखराका पर्यटकीय स्थलको सडकको अवस्थाबारे पूर्व जानकारी नहुने र स्थानीय व्यवसायमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखेर भारतीय गाडीलाई रोक लगाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए ।

उनका अनुसार निश्चित ठाउँमा भारतीय गाडी पार्किङ गराउने विषयमा ट्राफिक र यातायात व्यवसायीलाई निर्देशन दिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार