logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विदेशी हवाई सुरक्षा बल द्द्वारा लिवियाको शैक्षिक संस्थामा भएको हवाई आ’क्रम’ण २८ विद्यार्थी मा’रिए


  • रासस
  • सोमबार, पुष २१ २०७६

पोखरा -लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मा’रिएका छन् ।

शनिबार अबेर सैनिक विद्यालयमा भएको उक्त आ’क्रम’णमा परी ती विद्यार्थी मा’रिएका बताइएको छ । सो आ’क्र’मणबाट अरु १८ जना घाइते भएका पनि सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

“प्रारम्भीक विवरणअनुसार घटनामा परी २८ विद्यार्थी मा’रिएका छन्, अरु १८ जना घाइते भएका छन्,” लिबियाको एक सरकारी निकायले जारी गरेको वक्तव्यमा जनाइएको छ ।

संयुक्त राष्ट्रसंघको सहयोगमा रहेको लिबियाली सरकारले प्रकाशन गरेको सो वक्तव्यमा विदेशी हवाई सुरक्षा बलले सो हवाई आ’क्रम’ण गरेको जनाइएको छ ।

उक्त सैन्य बलले त्रिपोलीमा सञ्चालनमा रहेको एक सैन्य विद्यालयलमा नै आ’क्र’मण गरेको बताइएको छ । त्यो विद्यालयलाई लक्ष्य बनाइनुको कारण के हो भन्ने बारेमा केही थाहा भएको छैन ।

राष्ट्रसंघ समर्थित सुरक्षा फौजले आफ्नो आधिकारीक फेसबुक पेजमा मृ’त्यु भएका र घाइते भएका विद्यार्थीहरुको फोटो पोष्ट गरेको छ ।

घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेबारी लिएको छैन । लिवियामा चलिरहेको द्वन्द्वका कारण हजारौँको मृ’त्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार