logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

अमेरिकी सैन्य क्याम्पमाथि इरानद्वारा पुनः मिसाइल आक्रमण


  • एजेन्सी
  • सोमबार, पुष २८ २०७६

बिश्वकाे ध्यान पछिल्ला दिन सारा अमेरिकाा र इरानतिर हेरिरहेको छ । अमेरिका र इरानबीच युद्धको खतरा मडारिरहेको छ । इरानले इराकमा अमेरिकी र गठबन्धन सेनामाथि दर्जनौं मिसाइल आक्रमण गरेको छ।

सोही सिलसिलामा आज पनि इरानले अमेरिकी सेनाको शिविरमाथि ठूलो आक्रमण गरेको छ। इराकको एक सैन्य अड्डामा इरानले एकैसाथ ४ वटा मिसाइलहरू प्रहार गरेको छ । यो आक्रमणमा चारजना घाइते छन् ।
इरानको सरकारी टेलिभिजन च्यानल प्रेस टिभीका अनुसार इरानले अमेरिकी सेनाको इराकस्थित बेस क्याम्पमा मोर्टार बम प्रहार गरेको हो ।

इरानी गार्डहरूले भन्दै आएका छन् कि उनीहरूको जनवरी८ को आक्रमण अमेरिकी सैनिकलाई मार्नको लागि थिएन । तथापि, अहिले यो कुरा स्पष्ट भएको छ, इरानको अमेरिकाबिरूद्धको दृष्टिकोण अहिलेसम्म परिवर्तन भएको छैन र उ आक्रामक रणनीति नै अख्तियार गरिरहेको छ ।

यद्यपि,अमेरिकाले इरानसँग वार्तालाप गर्न तयार रहेको बताउँदै आएको छ । तर दुई देश बीचको सम्बन्ध सामान्य हुन नसक्ने अवस्थामा पुगेको देखिन्छ। यस्तो अवस्थामा दुई देशबीचको तनाव अझ बढ्न सक्ने संकेत देखिँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।अघिल्लो हप्ता अमेरिकी सेनाको आक्रमणमा इरानी सेनाका कमाण्डर सुलेमानीको हत्या भएपछि दुई देशबीचको सम्बन्ध तनावग्रस्त भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार