logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोर्चुगलमा समुद्रको छालले बगाएर दुई नेपाली दाजुभाइको मृ’त्यु


  • रासस
  • मंगलबार, पुष २९ २०७६

लिस्बन – समुन्द्री किनारमा माछा मार्न जाँदा  छालले बगाएर पोर्चुगलमा दुई नेपालीको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ रहेका छन् ।

पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइलाई समुन्द्री छालले बगाउँदा बेपत्ता भएका थिए । नौ महिनाअघि पोर्चुगल पुगेका उनीहरुले रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

दुबै श’वको अन्त्यष्टि पोर्चुगलमै गर्ने वा नेपाल पठाउने भन्ने निर्णय भई नसकेको तामाङ समाज पोर्चुगलकी अध्यक्ष सुनिता ब्लोन तामाङले बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार