logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखरा पुरानो टुंडिखेलमा”एट ए साइड अन्तरास्ट्रिय भ्रेटान्स फुटबल” हुने


  • आश तमु
  • बिहिबार, माघ २ २०७६

पोखरा -स्व रन्जित गुरुङको स्मृतिमा पोखरा बगर भाइखलकले नवौं संस्करणको एट ए साईड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । बिहिवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि यही माघ ६ गतेदेखि ११ गतेसम्म राष्ट्रिय उच्चमाविको खेल मैदान, पुरानो टुंडिखेलमा सञ्चालन हुने अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिएका छन।
बगरभाइखलकले ४० देखि ६५ वर्ष उमेरसमूहको प्रतिस्पर्धा गराउने तयारी गरेको छ । प्रतियोगितामा २ बिदेशी टोली सहित २६ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । कास्की बाहिरका १९ टिमको सहभागिता रहने अध्यक्षले बताए । जसमा भारतको कोलकाता र सिलिगुढीको कञ्चनजंघा एफसी दुई विदेशी टिमको प्रतियोगितामा सहभागिता रहने जनाएको छ ।
आयोजकले प्रतियोगिताको पुरस्कार राशीमा यो बर्ष समेत बृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले अब १ लाख ११ हजार र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ र साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउने छ । सेमिफाइनलिष्ट ४ टिमले समान १०र१० हजार पाउनेछन् । उत्कृष्ट खेलाडीले समेत १० हजार सहित ट्रफी पुरसकार पाउनेछ । उत्कृष्ट बिधागत रुपमा गोलकीपर, डिफेन्डर, मिडफिल्डर र स्ट्राइकरले समान ५र५ हजार सहित ट्रफी पाउनेछन् । अनुुुशासित टोलीलाई र प्रतियोगितामा सहभागी सबैभन्दा ज्येष्ठ खेलाडीलाई विशेष पुरस्कारबाटबा सम्मानित गरिने छ । प्रतियोगिताको उद्घाटन समारोहको अवसरमा नेपाल भुतपुर्व खेलाडी मन्चका पुर्व अध्यक्ष खड्कबहादुर रानाभाटलाई दोसल्लासहित ताम्रपत्रद्वारा सम्मान गरिने आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार