पोखरा – तेस्रो अमन गुरुङ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक भ्याली स्पोर्ट्स क्लब सेतोले जितेको छ । पोखरा रामबजार १५ मा जारी प्रतियोगितामा फाईनल खेलमा एलजी एशोशियसनलाई २–० गोलले पराजित गर्दै आयोजक टिमले उपाधि जितेको हो ।
पोखरा महानगरपालिका – १५ कोलपाटनको रेम्बो एकेडेमी होम्सको खेल मैदानमा आज फाइनल खेल समपन्न भएको थियो ।
आयोजक भ्याली स्पोर्ट्स क्लब सेतोले नगद १ लाख ५० हजार रुपैयाँ ,शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता एलजी एसोसिएसनले ७५ हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र सहित चित्त बुझायो ।
यस अघि भएको सेमिफाइनलमा गार्डेनलाई आयोजक भ्यालीले र सँगमलाई एलजीले हराउँदै फाइनल प्रवेश गरेका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भ्यालीका अजय श्रेष्ठ घोषित हुँदै नगद १२ हजार रुपैयाँ प्राप्त गरे भने सोही क्लबकै सर्वाधिक गोलकर्ता सुनिल गोदामे घोषित हुँदै नगद ७ हजार रुपैयाँ प्राप्त गरे । उनले प्रतियोगिता अवधिभर ९ गोल गरेका थिए ।