logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

इरानी आक्रमणमा ३४ अमेरिकी सैनिकको टाउकोमा समस्या


  • एजेन्सी
  • शनिबार, माघ ११ २०७६

इराकस्थित आधारमा इरानले गरेको आक्रमणमा ३४ अमेरिकी सैनिकको टाउकोमा चोट पुगेको पत्ता लागेको छ ।

एक प्रवत्ताका अनुसार १७ जवानलाई स्वास्थ निगरानीमा राखिएको छ ।
जनवरी ८ मा भएको इरानी आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा कुनै अमेरिकीलाई चोट नलागेको बताएका थिए ।

इरानले आफ्नो शिर्ष सैन्य कमाण्डर जनरल कासिम सुलेमानीलाई अमेरिकी ड्रोन आक्रमणमा मारिएपछि यो कारबाही गरेको थियो ।

ट्रम्पले इरानी आक्रमणमा कुनै नोक्सानी नपुगेकाले जवाफी कारबाही नगर्ने बताएका थिए ।

तथापि, अघिल्लो साता पेन्टानले ११ जवानको उपचार भइरहेको बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार