logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लव सग वार्ताको तयारीमा छौं : गृहमन्त्री थापा


  • राजनीति
  • आइतबार, माघ १२ २०७६

नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले वर्तमान सरकारले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपासंग वार्ताका लागि सरकार तयारी अवस्थामा रहेको बताएका छन् ।

गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार,आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा आयोजित प्रदेशस्तरिय सुरक्षा गोष्ठी कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले उक्त कुरा बताएका हुन् ।  पछिल्लो समयमा संंविधान विरोधी र राज्यविरोधी गतिविधि गर्ने जो कोहीलाई पनि सरकारलरे नियन्त्रण गरेको भन्दै उनले आधारभूत रुपमा नियन्त्रण गर्नका लागि सरकार सफल भएको तर्क गरेकाछ्न । उनले भने, ‘उनीहरुका गतिविधिहरु पूरा नियन्त्रण नभए पनि आधारभुत रुपमा नियन्त्रण गर्न सरकार सफल भएको छ ।’ गृहमन्त्री थापाले नेपाल सुसाशानको क्षेत्रमा ११ औँ स्थानमा परेको भन्दै सरकारले सुसाशनलाई प्रथामिकतामा राखेको बताए ।

देशको शान्ति सुरक्षामा अघिल्ला बर्षहरु भन्दा यो उल्लेख्य प्रगति भएको उनको भनाई छ । भ्रष्टचारको विरुद्धमा सरकारले अभियान चलाएको भन्दै गृहमन्त्री थापाले भ्रष्टचार अन्त्यको लागि अझ सरकार लागिपर्ने बताए ।

देशमा सिमा पारिका अपराध होस् वा देश भित्रका अपराधहरु हुन् त्यसलाई नियन्त्रण गर्न तिर  सरकार लागेको भन्दै उनले सरकारलाई अपराध नियन्त्रणमा धेरै सफलता मिलेको बताए । नेपाललाई आधार बनाएर विदेशीहरुले पनि नेपालमा अपराध गरेको भन्दै उनले अब त्यसो हुन नदिनको लागि सरकार प्रतिबद्ध रहेको बताएका थिए । सरकारले ठुलो अपराधी समात्न सफल भएको भन्दै उनले सरकार शान्ति सुरक्षाको क्षेत्रमा कहि पनि कमि हुन नदिने पक्षमा रहेको बताए ।
 
एमसिसीसँगको सम्झौताका बारेमा भने गृहमन्त्री थापाले त्यो सम्झौता राष्ट्रको हितमा हुने बताए । गृहमन्त्री थापाले यसलाई बुझ्नमा धेरै समस्या रहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार